Kanakai Online

प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष,टाेल टाेलमै स्वास्थ्य सेवा


शनिवार, जेठ ६, २०८० |

जनक न्यौपाने

राेङ- चुनावी प्रतिबद्धता अनुसार वडाकाे हरेक टाेलवासीले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।

भाैगाेलिक बिकटता रहेकाे राेङ गाउपालिका वडा न ६ मा हरेक महिना टाेल स्तरिय घुम्ती स्वास्थ सेवा सचालन गर्ने प्रतिबद्धता गरेका वडाध्यक्ष सत्यम राई चाैरासेले वडाका जनशक्ति परिचालन गर्दै करिव दर्जन भन्दा बढि स्थानमा घुम्ति स्वास्थ सेवा सचालन गर्न थालेपछि असक्त,जेष्ट नागरिक,दिर्घराेगि गरि हालसम्म करिव ९ सय पचासकाे सख्याले सहज स्वास्थ्य सेवा पाइसकेकाे वडासचिव एव स्वास्थ्यकर्मी लेनिन खतिवडाले बताए ।भाेगाेलिक बिकटता र ठुलाे भुगाेल रहेकाे वडा न ६ मा एक स्वास्थ्य चाैकि,एक अाधारभुत स्वास्थ्य केन्द्र,र एक सामुदायिक स्वास्थ्य ईकाईमा सातजना स्वास्थ्यकर्मीहरु रहेका छन्

यिनै जनशक्तिकाे प्रयाेग गरि खारखाेला,बन्सुवा पाटापुर,लामिटार,कुवापानि जाैवारि,पुमाटाेल,थर्पुबजार,साजबाेटे,रामभेडे लगायतका दुर्गम टाेलहरुमा सेवा प्रवाह गरिने गरिएकाे छ । वडाकाे कार्ययाेजना अनुसार टाेलमा गएर सुगर प्रेसर खासगरि परामर्षकाे सेवाहरु र अति अशक्त र जेष्ट नागरिकहरुकाे घरघरमै गएर सेवा प्रवाह गर्ने गरेकाे रम्भ्याङ अाधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिकाश गजमेरले बताए । चुनावी प्रतिबद्धता बिर्सने नेताहरु अनगन्ति रहेपनि गुनासाे अाएपनि अाफुले सिमित साधन र श्राेतकाे प्रयाेग गरेर भएपनि सकेसम्म पुरा गर्न लागिपरेकाे वडाध्यक्ष सत्यम राईकाे भनाई रहेकाे छ ।यता अाफुहरुले सहज रुपमा स्वास्थ सेवा नियमित रुपमा पाउन थालेपछि धेरै सहज भएकाे ८२ बर्षिय जेष्ट नागरिक शेर बहादुर घिमिरेले वताए ।