Kanakai Online

डिजेल र मट्टीतेलको मूल्य घट्यो


मङ्गलवार, जेठ २, २०८० |

कनकाई अनलाईन
काठमाडौं, जेठ २ गते । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी०बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले डिजेल र मट्टितेलको मूल्यमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ कायम भएको छ ।

यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर एक सय ६०, हवाई इन्धन ९बाह्य०को प्रतिलिटर अमेरिकी डलर १।३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय कायमै छ ।

सम्बन्धित खबर