कनकाई अनलाईन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत रेल विभागको रेल योजना कार्यालय झापा दमकमा वाइसीएल नेपाल दमक नगर समितिले मंगलवार तालाबन्दी गरेको छ ।
रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सेटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसीएल दमक नगर कमिटी अध्यक्ष जोन बुडाथोकीले बताउँनुभयो ।
यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एकहप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिएका थिए । अल्टिमेटमको दुईदिन नवित्तै रेल योजना कार्यालयमा तालाबन्दी गरेका छन् । पुर्वपश्चिम रेलमार्गका नाममा कामै सुरु नगरिकन कार्यालयको बोर्डमात्रै राखेर कर्मचारी नियुक्ति गरेकाले यस्तो फजुल खर्च रोक्न माग गर्दै कार्यालयमा तालाबन्दी गरिएको वाईसिएल दमकका अध्यक्ष बुडाथोकीले बताउँनुभयो । २ बर्ष पहिले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा झापा मोरङ र सुनसरी जिल्लालाई छुट्टै हेर्ने गरि झापाको दमकमा रेल योजना कार्यालय दमक संञ्चालनमा आएको थियो । यस कार्यालयले हाल दैनिक नियमित कामहरु वाहेक रेल मार्गको सिमाङन, रेल मार्ग वाहेकको जमिन फुकुवा, रेल मार्गको किल्ला गाडने लगायातका कामहरु गरिरहेको रेल योजना कार्यालय दमकका प्रमुख सन्जय पन्थीले बताउँनुभयो । मंगलवार वाईसिएरलका कार्याकर्ताले अफिसमा ताला लगाइदिएको बताउँदै यसका वारेमा इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराइसकिएको पन्थीले बताउँनुभयो । रेल योजना कार्यालयमा ३ इन्जिनियर, ७ सव इन्जिनियर सहित दजनौ दरबन्दी भएपनि हाल भने कार्यालयमा १ जना सुब्बा, १ लेखापाल र १ जना एकाउन्टेड र कार्यालय प्रमुख मात्रै काममा रहेको कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो ।