Kanakai Online

कन्चन ज्योतीमा स्कुल क्याप्टेन निर्वाचनबाटै छनौट


सोमवार, जेठ १, २०८० |

कनकाई अनलाईन
झापाको बाह्रदशी ५ घोडामारामा रहेको कन्चन ज्योती अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो स्कुल क्याप्टेन, भ्वाईस क्याटेन, विभिन्न ४ सदनको क्याप्टेन र भ्वाईस क्याप्टेनको विद्यार्थी प्रतिनिधिहरु निर्वाचनबाटै छनौट गरेको छ ।

बहुदलिय प्रजातन्त्र र निर्वाचनको सफल अभ्यासका लागि विद्यार्थीहरुलाई कसरी जनप्रतिनिधिहरु छनौट हुनेछन भन्नेकुराको जानकारी दिनका लागि निर्वाचनले सहयोग मिलेको विद्यालयका सामाजिक विषय शिक्षक यादव पौडेल ले बताउँनुभयो । निर्वाचनलाई कसरी निष्पक्ष र प्रभावकारी बनाउन सकिन्छ भन्नेकुरालाई प्रयोगात्मक रुपमा गरेर देखाइएको पौडेलले बताउँनुभयो ।
आज विद्यार्थीहरुले निर्वाचनबाटै विद्यालयका विभिन्न सदन र क्याप्टेनलाई चयन गरेका हुन । जसमा स्कुल क्याप्टेनमा सुशान्त भण्डारी र भ्वाईस स्कुल क्याप्टेनमा आकृति गुरागाईँलाई निर्वाचित गरेको छ । यसैगरि जुनियर स्कुल क्याप्टेनमा विवश सत्याल र जुनियर भ्वाईस क्याप्टेनमा रिश्ता भण्डारीलाई निर्वाचित गरेको छ ।
यसैगरि रातो सदनबाट क्याप्टेनमा आर्यन मेचे र भ्वाईस क्याप्टेनमा दिक्षा न्यौपाने, निलो सदनबाट क्याप्टेज संयोग भण्डारी, भ्वाईस क्याप्टेनमा चन्द्रा गौतम, पहेलो सदनबाट क्याप्टेनमा सन्देश कडँेल, भ्वाईस क्याप्टेनमा आकृति कार्की , हरियो सदनबाट क्याप्टेनमा उत्सव खरेल , भ्वाईस क्याप्टेनमा रश्मि आचार्य निर्वाचित भएका छन ।

यसैगरि आजै कक्षागत रुपमा कक्षा १ देखि १० सम्मको कक्षा क्याप्टेन र भ्वाईस क्याप्टेनको समेत सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो । विद्यार्र्थीहरुका लागि लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन र सर्वसम्मत दुबै हो भन्ने कुराको उदाहरण दिनका लागि आजको यस निर्वाचन र सर्वसम्मत नेतृत्व चयनबाट सफल भएको विद्यालयका प्रिन्सिपल निमेश ढुङ्गेलले बताउँनुभयो ।

सम्बन्धित खबर