कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका १० स्थित सिचाईको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर आज एक युवतीको ज्यान गएको छ ।
सोमवार दिउसो २ बजेको समयमा गाई बस्तु हेर्न गएकी स्थानीय २८ बर्षिय कमला राईको नहरको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
गाई बस्तु हेर्न जाने क्रममा अचानल नहरको पानीमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । नहरको पानीमा डुबेर मृत्यु भएकी राईको शवलाई नहरबाट निकालेर हाल पोस्ट म्याटमका लागि पठाईएको प्रहरीले जनाएको छ ।