Kanakai Online

दाह संस्कार गरि, किरीया सकाएकै दिन मृतक ठानिएका घरमा आएपछि ….


शुक्रवार, वैशाख २९, २०८० |

लीलाराज झापाली

मृत्यु भएको आफ्नै परिवारका सदस्यले दाहसस्कार सकाएर किरिया समेत गरिसकेका आफ्नै दाजु किरिया सकेकै भोलीपल्ट घरमा आइपुग्दा को खुसी हुदैन र ?


हो यस्तै खुसीमा रहनुभएको छ । झापा हल्दीवारी ८ नम्बर ८ कि विना कार्की र कार्की परिवारलाई ।
झापा कनकाई नगरपालिका ४ कोटीहोममा १७ दिन पहिले एक वेवारिसे शव फेला पर्यो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले उक्त वेवारिसे शवलाई मुचुल्का बनायो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शव गृह भद्रपुरमा छाडियो । शवलाई व्यावस्थापनका लागि कनकाई नगरपालिका ४ ले व्यावस्थापन गर्यो ।


सामाजिक संजाल र अन्य माध्यमबाट प्रचार गरियो आफन्तले शव राखेको ४ दिनका दिन शव गृह भद्रपुरबाट शव बुझेर ल्याई कनकाई ४ को कोटीहवन क्षेत्रमै अन्तिम सस्कार गरिएको थियो ।


काममा आफ्नै कान्छो काका किरीयामा समेत बस्नुभएको थियो । किरिया सकेकै दिन वेलुकी २९ बर्षिय सुरज कार्कीले सामाजिक संञ्जालबाटै आफ्नो किरिया गरिरहेको थाहा पाएर घर पुग्नुभयो । त्यहाँ पुग्दा सबैजना छक्क परेको र खुसीले कोही रुने कोहि कराउने गरेको मृतक ठानिएका सुरज कार्कीले बताउँनुभयो । हाल किरीया समेत सकेपछि कार्कीलाई पुन जन्म कर्म लगायातका धार्मिक विधि गर्नका लागि बहिनी बिना लगायातले हाल कोटीहोममै ल्याउनुभएको छ । गाउँले बिना कर्म घरमा हुल्न नहुने धार्मिक मान्यताकै कारण दाजुलाई पुन कनकाई माइमा कर्मका लागि लगिएको बहिनी बिनाले बताउँनुभयो ।


आफ्नो भाई विगत ३ बर्षदेखि घर छाडेर हिडेको र कोटीहोम क्षेत्रमै बस्ने गरेको थाहा पाएको र कोटीहोममै मरेको भनेर सुनेपछि शव दाह गृहमा हेर्दा आफ्नै भाई जस्तो खुट्टा लामो देखेको र अनुहार समेत सुन्निएर नचिन्निने भएकोले आफ्नै भाई जस्तो लागेर जिम्बा बुझेर कोटीहोममा ल्याएर दाह सस्कार गरिएको बहिनी बिना कार्कीले बताउँनुभयो । दाजुको मृत्यु भएको खबर सुनेर विदेश कुवेत रहेका भाई समेत स्वदेश फर्फिएर आएको बहिनी विनाले बताउँनुभयो ।
यता आफ्नै १३ दिने किरीया कर्मनै सकाएको थाहा पाएसगै अव के गर्ने भन्नेमा यो कार्की परिवार खुसीको साथ साथमै अन्यौलमा समेत रहेको छ । १३ दिन पहिले मलामीका लागि आवश्यक फ्रुटी लगायातका सामाग्रीहरु बिक्री गर्दा अनेकौ विलौना गरेकी विनाको अनुहार र भाव देखेका स्थानीय व्यावसायी बद्री चौहान १३ दिनभित्रै मरेको भनिएका आफ्नै दाजु सुरजका साथमा सुखी भएर आएको देखेको चौहानले बताउँनुभयो ।
यता इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर मिश्र आफुले काम गरेको यतिको बर्ष हुदा समेत यस्तो घटना थाहा नपाएको बताउँनुहुन्छ । आफन्तले पनि सबैकुरा बुझेर मात्रै शव जिम्बा बुझ्नुपर्नेमा त्यसो नगरिदिदा समस्या आएको मिश्रले बताउँनुभयो । भाई हरायो भनेर इलाका प्रहरी कार्यालय सुरुङ्गामा बहिनी बिना लगायातको टिम आएको थियो हामीले बिर्तामोड इप्रकामा सम्पर्क गर्नुहोस भनेर पठाइदिएका थियौ । शव जिम्बा बुझेर सदगत गरेपछि मृतक मान्छे पुन आइपुगेछन मिश्रले बताउँनुभयो ।
यता कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदी समेत आफ्नै वडामा यस्तो घटना हुदा आश्चर्य परेको बताउँनुभयो ।
यसरी किरिया समेत गरिसकेका मानिस एकाएक देखापरेपछि कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्र र हल्दीवारी झापा क्षेत्र मात्रै नभएर सिंगो झापा जिल्लानै आश्चर्यमा परिरहेको छ भने कार्की परिवार माया मारिसकेका आफ्ना परिवारजन फेला पर्दा खुसीको सिमै छैन ।
फोटो मृत्यु भएको मानिएका २९ बर्षिय सुरज कार्की तस्वीर लीलाराज

सम्बन्धित खबर