Kanakai Online

झापा गाउँपालिकामा २३८ घर घरधनीलाई एक्कैसाथ हस्तानतरण


मङ्गलवार, वैशाख २६, २०८० |

कनकाई अनलाईन
सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरर्गत झापाको झापा गाउंपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास सम्बन्धीत घरधनीलाई हस्तानतरण गरिएको छ ।
सहारा नेपाल, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा आर्थिक बर्ष २०७८÷०७९ र ०७९÷०८० मा झापा गाउँपालिकामा निमार्ण गरिएका २ सय ३८ वटा आवास आज सोमबार एक कार्यक्रमकाबिच उपभोक्ता समिति मार्फत घरधनीलाई हस्तानतरण गरिएको हो ।
ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापित , सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, गाउंपालिकाका अध्यक्ष जयनारायण शाह, राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तिलक सिंह पाण्डे लगायतले पालिकाको ७ वटै वडामा निमार्ण गरिएका घरको सांचो हस्तानतरण गर्नुभयो ।

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताउँनुभयो । सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिएको गिरीले बताउँनुभयो ।

बिगत लामो समय देखि यस झापा गाँउपालिकामा ह्याविटाट फर ह्यूमानिटी नेपाल, सहारा नेपाल तथा झापा गाँउपालिकाबिच त्रिपक्षिय साझेदारिमा सुरक्षित आवास कार्यक्रम संचालन हुँदै आईरहेको गाउंपालिका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।

पालिकाले पनि आवास कार्यक्रम गरिरहेकोमा दातृनिकायको सहयोगले पालिकावाशीलाई ठुलो राहात मिलेको शाहले बताउँनुभयो ।

ग्रामिणभेगमा बस्दै आएका अत्यन्तै न्यून आय भएका नागरिक, जसको घरको अवस्था बस्न लायक छैन, त्यस्ता व्यक्तिहरु छनौट गरी उनीहरुको लागि स्थानीय तह र सहारा नेपालको साझेदारीमा यो कार्यक्रम लागु गरिंदै आएको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको केन्द्रिय निर्देशक एलिजा स्थापितले जानकारी दिनुभयो ।
स्थापितले कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण सहित अन्य काम गर्दै आइरहेको बताउँनुभयो ।

२०१९ देखि हालसम्म झापा गाउँपालिकामा मात्रै ८ सय ४१ वटा घर निर्माण भएको झापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत थपलियाले आर्थिक बर्ष ०७७ ÷ ७८ मा बनेका १ सय १३ घरमध्ये प्रति घरको कुल लागत २ लाख २८ हजार ९९ रुपैंया खर्च भएकोमा प्राविधिक र सामाजिक परिचालन सहयोग ह्याविटाट फर ह्युमानिटि नेपाल र सहारा नेपाल बाट प्रति घरकालागि ५० हजार रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यस्तै आ.व. ०७८÷ ७९ मा बनेका १ सय २५ घर मध्ये प्रति घर कुल लागत रु २ लाख ४५ हजार २ सय ८८ खर्च भएको छ । जसमा ह्याबिट्याट नेपाल र सहारा नेपाल बाट प्रति घर रु ८० हजार उपलब्ध भएको छ ।

जीविकोपार्जनका लागि अर्काको खेतबारीमा ज्याला मजदुर गर्दै आएका स्थानीय बस्नका लागि सुरक्षित घर पाएपछि खुसी व्यक्त गरेको गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवि थपलियाले बताउँनुभयो ।

सम्बन्धित खबर