टिकाराम बास्तोला
गत शनिवार नेपाल खेलकुद महासंघ कनकाई नगरद्धारा आयोजित वार्ड स्तरीय फुटबल प्रतियोगिताको फाईनल खेलमा उपबिजयी हुने कनकाई २ नम्बर वार्डका खेलाडीहरुले आफुले पाएको नगद पुरस्कार रकम गाउँमा रहेका असक्त असाहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका छन ।
वार्ड स्तरीय फुटबल प्रतियोगिताबाट प्राप्त दोस्रो पुरस्कार रकम २१ हजारबाट स्थानीय ७४ बर्षिय एकल महिला पुर्णमाया चाम्लिङ्ग राई र अर्की असक्त महिला फुलमाया दर्जीको परिवारलाई चामल, दाल, नुन, तेल, साबुन लगायातका अत्यावश्यीय खाद्यान्न खरिद गरेर बितरण गरेको हो । टिम क्याप्टेन विकेश राई दिनेशले आफुहरुले अन्य युवा र अन्य टिमका साथीहरुलाई पनि युवाहरु सामाजिक र जनउत्तरदायी हुनुपर्छ भनेर सिकाउनका लागि उक्त रकम फजुल खर्चमा नसकेर कमजोर आर्थिक अवस्था भएको २ परिवारलाई कम्तीमा एक महिनाका लागि चुल्हो बाल्नका लागि खर्च गरेको बताउँनुभयो ।
कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतावले दुबै परिवार एकल र काम गरिखान नसक्नृे परिवार भएको र युवाको यस सहयोगले कम्तीमा महिनादिनसम्म उक्त परिवारलाई खान पुग्ने बताउँनुभयो । यस अगाडि बिजयी हुने पुरस्कार जित्ने युवाहरुले होटलमा गएर जितेको रकम सक्ने गरेको पाइएकोमा यसपटक युवाहरुको काम देखेर आफुपनि लोभिएको राईले बताउँनुभयो । कनकाई २ का टिम मेनेजर सुलभ भण्डारीले आफुहरुले सल्लाह गरेरै कमजोर आर्थिक अवस्था भएकाहरुलाई जितेको रकम सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँनुभयो । ्कार्यक्रमको सहजीकरण युवा नेता बिनोद रानामगरले गर्नुभएको थियो ।