कनकाई अनलाईन
झापा,बैशाख २१। झापामा ७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार वन पैदावारलगायतका मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिहीवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले जरिवाना हुने ६ जना प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई छाडिएको र ६ महिना कैद सजाय तोकिएका एकजना प्रतिवादीलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।
पक्राउ पर्ने फरार प्रतिवादीहरु यस प्रकार छन् ।
जिल्ला अदालत झापाको मिति २०७७ पुष ६ गतेको फैसला अनुसार चेक अनादर मुद्दामा रु एक हजार जरिवाना भई फरार रहेका भद्रपुर नगरपालिका वडा नं.२ बस्ने ५४ वर्षिय अशोककुमार थापा ।
जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु २ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी गाउँपालिका वडा नं.५ बस्ने २५ वर्षिय धिरेन लिम्बू भन्ने धिरेन फागो ।
जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५जरिवाना भई फरार रहेका हल्दीबारी गाउँपालिका वडा नं.५ बस्ने ३५ वर्षिय प्रेम राई भन्ने प्रेमबहादुर राई ।
जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी गाउँपालिका वडा नं.५ बस्ने २० वर्षिय सन्तोष राई ।
जिल्ला अदालत झापाको मिति २०७८ माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी गाउँपालिका वडा नं.५ बस्ने २१ वर्षिय अर्जुन लिम्बू भन्ने अर्जुन सावाँ ।
जिल्ला अदालत झापाको मिति २०७८माघ २५ गतेको फैसला अनुसार बन पैदावार मुद्धामा रु.२ हजार १५५ जरिवाना भई फरार रहेका हल्दीबारी गाउँपालिका वडा नं.५ बस्ने ४० वर्षिय मानक लिम्बू भन्ने मानकुमार फागो ।
जिल्ला अदालत झापाको मिति २०७८ पुष २२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्धामा ६ महिना कैद तोकी फरार रहेका दमक नगरपालिका वडा नं.३ बस्ने ३४ वर्षिय गणेश राना मगरलाई कारागार पठाइएको डीएसपी रिजालले बताए ।