कनकाई अनलाईन
काठमाडौं – टियु क्रिकेट मैदानमा फेरि वर्षा भएसँगै एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल पुन ढिलो सुरु हुने भएको छ ।
वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५(४५ ओभरको हुने भनिएको थियो । खेल १२ः १५ देखी सुरु भनिएको थियो । तर पुन १२स् ४ देखी टियुमा वर्षा भएको छ ।
फेरि वर्षा भएपछि पुन पिच कभरले ढाकिएको छ । खेल ढिलो सुरु हुनेछ । टियुमा वर्षा बढेको छ । यदि खेल हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । यदि सुपर ओभर पनि हुन सकेन भने नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२।३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका कप्तान रोहित पौडेल ४० बलमा २ चौकासहित ३० रनमा क्रिजमा छन् । कुशल मल्ल ३० बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा क्रिजमा छन् ।
चौथो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६१ रनको अविजित साझेदारी गरेका छन् । नेपालका कुशल भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।
कुशल स्पिनर आदनान इद्रिसको ११ औं ओभरको पाँचौं बलमा यासिन पटेलबाट क्याच आउट भएका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०।५ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
१२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । भीम स्पिनर मोहम्मद अस्लामको बलमा क्याच आउट भएका थिए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए । आसिफ इद्रिसको बलमा यासिन पटेलबाट क्याच आउट भएपछि नेपाल एक समय ७७(० बाट ८०(३ को अवस्थामा पुगेको थियो ।
कप्तान रोहित पौडेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर शाहरुखको १९ औं ओभरको चौथो बलमा रोहित एज लागेको बल विकेटकिपर उस्मान पटेलले क्याच ड्रप गरेका थिए ।