हल्दिबारी ।
जलथल खानेपानीको नेतृत्वका लागि भएको राजनीतिक सहमति भाडिएको छ। गत बैशाख ६ गते राजनीतिक दल र जग्गादाताको समेत पहलमा कृष्णप्रसाद प्रसाईलाई अध्यक्ष बनाउन नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलहरू बिच सहमतिमा चुनावमा नजाने बाँकि उम्मेदवारहरू समेत सर्वसम्मत गराउने सहमतिमा उम्मेदवारहरूले नाम फिर्ता गरेका थिए। सहमति भएको एक हप्ता नबित्दै मगलबार उक्त सहमति भङ्ग भएको हो । पूर्व सहमति भङ्गगरी अहिले राप्रपा र नेकपा एमालेले नयाँ सहमति गरेका छन् । भने अध्यक्षमा केदारप्रसाद उप्रेती भएका छन् । उप्रेतीको पद मोहका कारण सहमति भंग भएको नेपाली कांग्रेस हल्दिबारी गाउँ उपभापति होम चुडालले बताए ।
‘नेकपा एमाले धोका दिएको छ, यसको जड उप्रेती हुन्’ उनले भने ‘अब कांग्रेसबाट प्रतिनित्व गर्ने कृष्णप्रसाद प्रसाई र भानुभक्त प्रसाई अपमान सहेर बस्दैनन् ।’ भोलीनै राजिनामा दिईने उनले बताएका छन।प्रसाई यस अघिको समितिको सचिब थिए । उता जग्गा दाता भन्छन् ‘जलथल खानेपानीको नेतृत्व चयनका लागि आफूले गरेको पहलकदमि र सहमति तोडिएको छ ।’ जग्गा दाताको अपमान भएको छ।’ यो कदमले खानेपानीलाई सहि दिशा दिन नसक्ने उनको दाबी छ।