कनकाई अनलाईन
झापाको सुरुङ्गामा आगामी वैशाख १६ गतेदेखि २३ गतेसम्म प्रथम वार्डस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल खेलकुद महासंघ कनकाईको आयोजनामा कनकाई नगरपालिका ५ तुलसीवारीस्थित चौरमा हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष एवम् कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३१ हजार तथा ट्रफि प्राप्त गर्ने र दोस्रो हुने टिमले नगद २१ हजार तथा ट्रफि प्राप्त गर्ने समेत आयोजक समितिका संयोजक पुर्ण लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिता संञ्चालनका लागि कुल २ लाख ८३ हजार ५०० रुपैँया लाग्ने र खर्चको जोहो विभिन्न उद्यमी व्यावसायी तथा खेलकुद महासंघका सहयोगी सदस्यहरुबाटै संकलन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितालाई आगामी दिनमा कनकाईका अन्य वार्डहरुमा समेत क्रमश सार्दै जाने र खेल आयोजना गर्नुको मुख्य लक्ष्य कनकाईका प्रतिभाहरुलाई प्रोत्साहन र खेलाडी उत्पादन गर्नु रहेको नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य रविन खरेलले बताउँनुभयो । कनकाईका खेलाडीहरुलाई प्रोत्साहन र खेलाडी उत्पादनका लागि आगामी दिनहरुमा समेत नगर र जिल्ला तथा प्रदेश स्तरीय खेलकुदका प्रतियोगिताहरुको निरन्तर आयोजना गर्दै जाने खेलकुद महासंघका जिल्ला अध्यक्ष भवानी बरालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले कनकाई नगर उपाध्यक्ष बिनोद रानामगर, कनकाई नगरपालिका २ नम्बर वार्डका वडाअध्यक्ष बलराम राई प्रताव, खेलकुद महासंघकी कोशी प्रदेश सदस्य सरिना बुडाथोकी लगायातको उपस्थिति रहेको थियो ।