
झापाको हल्दीबारी गाउँपालिका वडा नं. ४ मा तीन महिने एडभान्स बेसिक कम्प्यूटर तालिम आज एक औपचारिक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ। कार्यवाहक वडा अध्यक्ष सुरेन्द्र बाराकोटीको सभापतित्व्मा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिवारि गाउँपालिका का अध्यक्ष रबिन्द्र प्रसाद लिङदेन रहेका थिए।वडाका वडा सदस्यहरु भागिरथा दाहाल, शान्ता गहतराज यसैगरी स्वास्थय चैाकि प्रमुख रामप्रसाद ढकाल,प्रहरी चौकी इन्चार्ज दिपेन्द गौतम , महेन्द्र माद्यामिक विद्यालयका प्रअ चक्र बहादुर बस्नेत , दिपेन्द्र आ.विका शिक्षक अर्जुन भट्रराई , हल्दिबारि गाउँपालिका सन्चारर्कर्मी प्रमुख देविका अधिकारी र प्रशिक्षकहरु अमिन मेछे र भिम भट्रराई लगायतको अतिथी रहेको थियो ।

छनौटमा परेका २५ जनालाई उक्त लालिम प्रदान गर्न लागिएको वडा सचीव जय प्रसाद पोख्रेलले बताए। तालिममा सहभागिताका लागि ४ नम्बर वडावासीलाई आवेदन माग गरिएको र निर्धारित समयभित्र निवेदन पेश गर्ने २५ जनालाई तालिम प्रदान गर्न लागिएको हो , अन्य ६ जना बैकल्पिकमा रहेको समेत पोख्रेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी लिङदेनले मानिसहरुको प्रत्यक्ष रोजगारी सङ जोडिएको यप तालिममा सहभागीहरुलाई लक्ष्य प्रप्ती हुने गरि नियमित प्रशिक्षण लिन आग्रह सम्मेत गरेका थिए।यसैगरी शिक्षक चक्र बस्नेत तथा अर्जुन भट्रराईले पनि वडा नम्बर ४ ले आयोजना गरेको यो तालिम समयसापेक्षी भएको धारणा ब्यक्त गरेका थिए । वडा सदस्य भागिरथा दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालक वडा सचिब जय प्रसाद पोख्रेलले गरेका थिए।



