कनकाई अनलाईन
काठमाडौँ, वैशाख १० गते । बारा निर्वाचन क्षेत्र नं। २, चितवन निर्वाचन क्षेत्र नं। २ र तनहुँ निर्वाचन क्षेत्र नं। १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
मतदानका लागि मतदाताहरू उत्साहजनकरुपमा लाममा बसेको जानकारी हाम्रा स्थानीय समाचारदाताले दिएका छन् ।
बारा निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन भइरहेको हो ।