Kanakai Online

नवजीवन प्रतिष्ठानद्धारा सुरुङ्गामा लागुऔषध सम्बन्धि सचेतना


शनिवार, वैशाख ९, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ मा रहेको यस नवजीवन प्रतिष्ठानले कनकाई ४ त्रिवेणी टोलमा एकदिवशीय लागुपदार्थ दुरुपयोग बिरुद्धको सचेतना कार्यक्रमको आयोजना आज गरेको छ ।


सचेतना कार्यक्रममा प्रशिक्षक उर्गेन तामाङ्गले लागुऔषधको दुरुपयोग यसको प्रयोगवाट मानिसमा हुने वर्वादी र कानुनी कार्वाही र लतबाट छुटकारा पाउने तरिकामा वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कनकाई नगरपालिका ४ नम्बर वार्डको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा यस क्षेत्रका युवा समुदायको सहभागिता रहेको थियो । कनकाई नगरपालिका ४ नम्बर वार्डका वडाअध्यक्ष रोषन सुवेदीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष सुवेदीले युवा समुदाय पछिल्लो समय लागुऔषधको दलदलमा फसिरहेको भन्दै सरकार र संघ संस्थाका प्रतिनिधि सबैलाई लागु औषध समस्याका रुपमा रहेको बताउँनुभयो । युवालाई उचित शिव र परामर्शका लागि वडाकार्यालय सधै तयार रहेको सुवेदीको भनाई थियो ।
कार्यक्रम नवजीवन प्रतिष्ठानका बाबु लिम्बुको सभापतित्वमा आयोजना गरिएको थियो ।

सम्बन्धित खबर