Kanakai Online

हल्दिबारी गाउँपालिका र निर्माण व्यवसायी बिच अन्तरकृया सम्पन्न


शुक्रवार, वैशाख ८, २०८० |

झापा। हल्दिबारी गाउँपालिकामा पालिकाका प्रतिनिधिहरू र निर्माण व्यवसायी बिच आज अन्तकृया सम्पन्न भएको छ। गाउँपालीकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई,वडाध्यक्षहरू देवीबहादुर थापा, विष्णु ओली र सन्तकुमार थापा , वडा सदस्य प्रकाश कार्की सहित १० वटा निर्माण कम्पनी का व्यवसायीहरू र पालिकाका प्राविधिकहरू बसेर गाउँपालीका भित्र भईरहेका विकास निर्माणका कामहरु के कस्तो अवस्थामा छन भनेर छलफल भएको थियो।

यस अघिको कार्यपालिका को बैठकको निर्णय अनुसार म्याद थप भईसकेको र अव म्याद थप नहुने हुँदा कार्य सम्पन्न पश्चात भुक्तानी हुने भएकाले बहुवर्षीय र वार्षिक योजनाहरु गुणस्तर कायम राख्दै समयमै सम्पन्न गर्न अध्यक्ष लिङदेनले आग्रह गरेका थिए भने व्यवसायीहरुले पनि समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

सम्बन्धित खबर