कनकाई अनलाईन
कनकाई अनलाईनले दमक नगरपालिका ५ क्याम्पसमोर्डमा एक ऋणिको घरमा एनआइसी एसिया बैँकले सरक्षागार्डनै राखिदिएको वारेमा कनकाई अनलाईनले स्थलगत रिर्पोटिङ्ग गरेपछि यसवारेमा बैँकको यस हर्कतका वारेमा सर्वत्र विरोध भइरहेको छ ।
यता दमक नगरपालिकाका मेयर रामकुमा थापाले यस घटनामा आफ्नो र नगरपालिकाको गम्भिर ध्यानआकर्षण भएको जनाउनुभएको छ ।
कनकाई अनलाईनमा यस घटनाको भिडियो र समाचार प्रकाशन हुने बित्तिकै हजारौ नागरिकले हेरेर अ– आफ्नो प्रतिक्रिया दिने क्रम अझै जारी छ ।
नगरपालिकाका प्रमुख थापाको टोलीले आज बिहान ऋणी कडेलको घरैमा गएर घटनाक्रम बुझ्नु भएको छ ।
अहिलेको आर्थिक संकटको समयमा बैंकले कानुनी प्रक्रियानै मिचेर घरमै सुरक्षा गार्ड राख्नु सामाजिक र मानसिक तनाव दिनु रहेको नगर प्रमुख थापाको भनाई छ ।
उहाले यस्तो निन्दनीय कार्य तत्काल रोक्न समेत बैंकलाई अनुरोध गर्नु भएको छ ।
यता यस घटनाप्रति राप्रपा पार्टी झापाले समेत कडा शब्दमा बैँकको यस रबैयाप्रति निन्दा र भर्सना गरेको छ । राप्रपा पार्टीका झापा जिल्ला अध्यक्ष केशवकुमार ओझाले बैँकले कर्जा तिर्न ढिलाई हुदा घरमै सुरक्षागार्ड पठाएर मानसिक दवाव दिएको भन्दै बैँकको यस अर्कतको निन्दा गर्नुभएको छ ।