कनकाई अनलाईन
कनकाई नगरपालिका ३ एकान्तटोलका अगुवा कृषक राम थापाले लगाएको लाखौ मुल्य बराबरको खरर्बुजा र काक्रालाई गत शुक्रवार आएको असिना र पानीले पिटेर नष्ट्र गरेको छ ।
जमिन भाडामा लिएर थापाले २ बिगाह जमिनमा खरबुर्जा र १० कठ्ठा जमिनमा काक्रा रोपेकोमा अबको १० दिनभित्रमै बजारमा बिक्रीका लागि लैजान तयारी अवस्थामा रहेको सबै खरबुर्जा नष्ट्र भएको थापाले बताउँनुभयो । थापाले उत्पादन गरेको खरबुर्जालाई झापाको बिर्तामोड, सुरुङ्गाको साथै दमक, इटहरी, धरान लगायातका बजारमा बिक्री गर्दै आइरहनुभएको छ । तयारी अवस्थाकै खरबुर्जा र काक्रा सबै नष्ट्र हुदा बिउँ, मलखाद, जन लगायात गरेर आफ्नो ७ लाख रुपैँया भन्दा बढी लगानी भईसकेको र यी सामाग्री बिक्री गर्दा कम्तीमा पनि २० लाख रुपैँयाको क्षति पुगेको कृषक थापाले बताउँनुभयो ।
आफु र आफुजस्ता कृषकहरुलाई बिमा कम्पनीले गर्ने झन्झटिलो प्रक्रियाका कारण पनि कोहीपनि कृषकहरु बिमामा सामेल हुन नपाएको कृषक थापाले बताउँनुभयो । थापाले आफ्नो क्षतिको वारेमा स्थानीय सरकार वार्ड कनकाई नगरपालिका, जिल्ला कृषि ज्ञान केन्द्र लगायातमा जानकारी गराइसकेको र यसवारेमा स्थलगत अवलोकन समेत गरिसकेको थापाले जानकारी दिनुभएको छ । आफ्नो लाखौको नोक्सानी भएको भन्दै उचित क्षतिपुर्ति दिनका लागि थापाले तीनै तहको सरकारसमक्ष अनुरोध गर्नुभएको छ । विदेश जान छाडेर स्वदेशमै केहि गर्राै भनि यहि माटोमा केहि गर्न खोजे तर प्रकृतिलेृ हामीलाई ठग्यो सरकारले हामीजस्ता युवालाई क्षतिपुर्ति र न्याय दिनुपर्छ थापाले भन्नुभयो ।