कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ७ टेक्रास्थित लागिगुराश कृषि फार्ममा लगाइएको लाखौ रुपैँयाको बोटमै पाकिसकेको टमाटर र काक्रालाई असिना पानीले नष्ट्र गरेको छ ।
अगुवा कृषक भरतकुमार श्रेष्ठले लगाउँनुभएको ४ बिगाह क्षेत्रफलमा लगाएको टमाटर, काक्रा र सिमला नष्ट्र हुदा २० लाख रुपैँया भन्दा वढी रकम क्षति पुगेको छ । केहि दिन पहिलेसम्म लहलह रहेका सबै बाली गत शुक्रवार राती परेको अबिरल बर्षा र असिनाले सबै बाली नष्ट्र गरिदिएको छ । यसैबर्षदेखि मात्रै बगर खेती थालेको र असिनाका कारण बिक्रीका लागि तयारी अवस्थामा रहेको तरकारी टमाटर सबै सबै नष्ट्र भएको कृषक भरतकुमार श्रेष्ठले बताउँनुभयो ।
आफ्नो क्षति भएको बारेमा आफुले स्थानीय वडा कार्यालय, शिवसताक्षी नगरपालिका, कृषि ज्ञानकेन्द्र, संघिय सांसद एलपीसाँबा लिम्बु, प्रदेश कृषि मन्त्री लगायातमा जानकारी गराइसकेको र हाल कृषि ज्ञानकेन्द्रबाट स्थलगत अनुगमन गर्नुभएको लालिगुराश कृषि फार्मका संचालक श्रेष्ठले बताउँनुभयो । अघिल्लो बर्षसम्म माई खोलाको काँसघारीका रुपमा रहेको यस क्षेत्रलाई श्रेष्ठले फडाँनी गरेर खेती योग्य जमिनका रुपमा विकास गर्दै यसै बर्षदेखि बगर खेती लगाउँनुभएको थियो । बगरलाई खेतीयोग्य जमिन बनाउन र हाल ४ बिगाह जमिनमा खेती लगाउन आफुले ५० लाख रुपैँया खर्च गरेको श्रेष्ठको भनाई छ । बिक्रीका लागि तयारी फसल सगै नष्ट्र भएपछि आफ्नो बषौको मेहनत र लगानी बालुवामा पानी भएको भन्दै उचित क्षतिपुर्तिका लागि सम्बन्धित निकायसामु श्रेष्ठले अनुरोध गर्नुभएको छ ।