Kanakai Online

सुरुङ्गा खानेपानी उपभोक्ताको निर्वाचनमा अध्यक्षमा रबि लामिछाने समर्थित अधिकारी बिजयी


आइतवार, चैत १९, २०७९ |

कनकाई अनलाईन
गत संघिय सांसदको निर्वाचनमा यस कनकाई नगरपालिका क्षेत्रमा रबि लामिछाने समर्थित घण्टीका उम्मेद्धार सम्भु ढकालले सर्वाधिक मत ल्याउनुभएको थियो ।


सो निर्वाचन सकिएको ४ महिनामात्रै भएको छ । आज भएको निर्वाचनमा समेत स्वतन्त्र पार्टी समर्थित भीमप्रसाद अधिकारी अध्यक्षमा बिजयी हुनुभएको छ । अधिकारीले यस क्षेत्रका अन्य कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपा समर्थित उम्मेद्धार प्रेमप्रसाद चुडाल प्रकाशलाई १५२ मतले पराजित गर्दै अधिकारी अध्यक्षमा बिजयी हुनुभएको छ । चुडालले १ हजार एक सय ३७ मत ल्याउदा अधिकारीले १ हजार २ सय ८९ मत ल्याउनुभएको हो । अधिकारी रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको समर्थनमा उम्मेद्धारी दिनुभएको थियो । अधिकारी साझा विवेकशील पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएको छ । उहाँलाई स्वतन्त्र नागरिक समाजका शेरबहादुर थापाको समेत समर्थन रहेको थियो । अध्यक्ष बाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुडाल प्यानलका सबै उम्मेद्धार बिजयी हुनुभएको छ ।


त्यस्तै उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १ सय ६३ मत ल्याउँदै विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार तिलचन्द्र उप्रेतीले १ हजार १ सय २२ मत ल्याएका छन् । सचिवमा १ हजार २ सय ३ मत ल्याउँदै गोविन्दप्रसाद पौड्याल विजयी भएका छन् भने उनका प्रत्यासी कृष्णप्रसाद चुडालले १ हजार १ सय ५ मत ल्याएका छन् । कोषाध्यक्षमा १ हजार २ सय १५ मत ल्याउँदै खेमराज कार्की विजयी बनेका छन् भने उनका प्रत्यासी उमेदवार धनबहादुर बोगटीले १ हजार ६२ मत ल्याएका छन् ।

त्यसैगरी, खुल्ला सदस्य तर्फ १ हजार २ सय ५३ मत ल्याएर गोपाल खरेल , १ हजार २ सय २६ मत ल्याएर लक्ष्मीप्रसाद ओडारी र १ हजार१ सय ८९ मत ल्याएर भरतकुमार श्रेष्ठ विजयी बनेका छन् भने उपविजेता हरु राजकुमार फुंयाल ९ सय ६८ मत , माधव पोखरेल ९ सय ७७ मत र खगप्रसाद प्रसाईंले ९ सय २८ मत ल्याएका छन् ।

महिला सदस्य तर्फ सोमा प्रसाईं खरेलले १ हजार २ सय ९० मत र हरिमाया राईले १ हजार १ सय १२ मत ल्याउँदै विजयी बनेका छन् भने गोमादेवी निरौला १ हजार १५ मत र देवीमाया न्यौपाने भण्डारी ९ सय ५० मत ल्याएर उपविजेता बनेका छन् ।

संस्थामा ४१२८ मतदाता रहेकोमा २६१४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर