Kanakai Online

पाथीभरा कालिका सामुदायिक वनको सपथ ग्रहण साथै पद हस्तान्तरण कार्यक्रम सम्पन्न


शनिवार, चैत ११, २०७९ |

झापा हल्दिबारी
हल्दिबारी गाउँपालिका वडा नम्बर -४ मा रहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिको सपथ ग्रहण साथै पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ।चैत्र -४ लगतै भएको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सागर पोर्तेलले केदार उप्रेतीलाई २६ मतान्तरले हराउँदै बिजयी भएका थिए । एमाले ,राप्रपाको गठबन्धनका उम्मेद्बार पोर्तेल एमाले हल्दिवारी गाउँ कमिटी सचीव , युवा संघ नेपालको केन्द्रिय सदस्य लगायत १ दर्जनभन्दा बढी संघ संस्थामा नेतृत्वदायी भुमिका रहेका छ्न ।

त्यस्तै उपाध्यक्षमा शर्मिला नेपाल ,सचिवमा सालिग्राम पराजुली ,कोषाध्यक्षमा मनिता गौतम र सहसचिवमा भरत ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सदस्यहरुमा क्षेत्र नम्बर १ बाट मुनिराम खरेल ,नविन निरौला , सपना लिम्बू बिजयी भएका छ्न भने क्षेत्र नम्बर २ बाट दिलकुमार राजवंशी र दिपा घिमिरे खनाल बिजयी भएका छ्न ।त्यस्तै क्षेत्र नम्बर ३ बाट कृष्ण प्रसाद प्रसाई निर्विरोध निर्वाचित भएका छ्न भने सृजना पराजुली निर्वाचनमा बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिका संयोजक योगेश कार्कीको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को प्रमुख आतिथ्यतामा रहेको थियो भने विशिष्ट अतिथि वडाध्यक्ष सन्तकुमार थापा, यसैगरी वडा सदस्यहरू सुरेन्द्र बाह्रकोटी, शान्ता विश्वकर्मा, सव डिभिजन वन कार्यालय का कुमार कार्की, जलथल प्रहरी चौकी इन्चार्ज दिपेन्द्र गौतम, निवर्तमान अध्यक्ष चिरञ्जीवी पौडेल, नेकपा माओवादीका पार्टी प्रतिनिधि जितबहादुर राजवंशी, राप्रपाका पार्टी प्रतिनिधि पवन चम्लागाई लगायत अतिथि रहेका थिए।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि मैनालीले सपथ खुवाएकी थिइन् ।
सपथ ग्रहण पश्चात अध्यक्ष सागर पोर्तेल ले निर्वाचित गराउन सहयोग पुर्याउने सबै उपभोक्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वनको संरक्षण र सम्बर्द्धनमा कुनै कसुर बाँकी नराखी स्थानीय तह तथा सबैसग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

पाथीभरा कालिका वन समूहको निर्वाचनमा योगेश कार्कीको संयोजकत्वमा जयप्रकाश दाहाल र दिपा बास्कोटा सदस्य रहेको निर्वाचन समिति रहेको थियो।विभिन्न व्यवधानहरु पार गर्दै सहज र शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन सहयोग पुर्याउने सबैलाई संयोजक कार्कीले एकमुष्ट धन्यवाद दिएका थिए।

कार्यक्रम सन्चालन निर्वाचन समितिका सदस्य जय प्रकाश दाहालले गरेका थिए।

सम्बन्धित खबर