कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ का सामुदायिक वन महासंघ कनकाईका अध्यक्ष दधिराम पोखरेलले आफ्नो ६० औ जन्मदिन कनकाई नगरपालिका १ स्थित सुस्त मनस्थिति सरोकार समाज नेपालले संचालनमा ल्याएको अनाथ असक्त बालवालिकाहरुको संरक्षणका लागि ल्याएको आश्रमका वालवालिकाहरुसग मिठो ससिनो ख्वाएर मनाउनुभएको छ ।
दधिरामले आफुले केक काटने र साथीभाईहरुलाई खुवाएर रमाइलो गर्ने खर्च कटाएर अनाथ आश्रमका वालवालिकाहरुसमक्ष मनाएको र अरुलाई समेत यसरी आफ्नो जन्मदिन मनाउन अनुरोध पोखरेलले गर्नुभयो । सुस्त मनस्थिति सरोकार समाजकी अध्यक्ष भगिरथा चापागाईले आफ्नो आश्रममा हाल प्रदेश भरका हिंसा पिडित र अनाथ असक्त २० जना वालवालिकाहरु रहेको र यसरी जन्मदिन मनाउने सहयोगी मनहरुकै कारण मात्रै यहाँ रहेका वालवालिकाहरुले मिठो मसिनो खान पाउने बताउँनुभयो । सबैले आफ्ना जन्मदिन र उत्सवहरु यसरी मनाइदिने हो भने देशभरका गरिव र दिनदुखीहरुले कुनै दिन भोग्कै बस्नुपर्ने थिएन । आश्रम संचालिका पोखरेलले बताउँनुभयो ।