Kanakai Online

सुरुङ्गा खानेपानीमा स्वतन्त्र र अन्य सबै दलविच प्रतिस्पर्धा


मङ्गलवार, चैत ७, २०७९ |

कनकाई अनलाईन
यहाँस्थित कनकाई नगरपालिका ३ मा रहेको सबैभन्दा वढी सदस्य रहेको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको नेतृत्व चयनको निर्वाचनमा सक्रिय सबै दल र स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस, एमाले, माओवादी, राप्रपा,जसपा लगायातको दलबाट नेपाली कांग्रेसका प्रेमप्रसाद चुडाल –प्रकाश) र स्वतन्त्र तथा विवेकशील साझाका तर्फबाट पुर्व गाविस अध्यक्ष समेत रहनुभएका हालका अध्यक्ष भीमप्रसाद अधिकारीलाई अघि सारेका छ ।


दलका तर्फबाट उपाध्यक्षमा एमालेका वार्डनम्बर ३ का वडाअध्यक्ष समेत रहेका राजेन्द्र उप्रेतीलाई अगाडि सार्दा स्वतन्त्रबाट तिलचन्द्र उप्रेतीलाई अगाडि सारेको छ । यसैगरि सचिवमा दलका तर्फबाट एमालेका गोविन्दप्रसाद पौडयाल र स्वतन्त्रबाट कृष्णप्रसाद चुडाललाई अघि सारेको छ । यसैगरि कोषाध्यक्षमा दलका तर्फबाट राप्रपाका खेमराज कार्की र स्वतन्त्रका तर्फबाट धनबहादुर बोगटीलाई अगाडि सारेको छ । यसैगरि ३ जना खुल्ला सदस्य पदका लागि गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी, सुर्य गुरुङ्ग, भरतकुमार श्रेष्ठ, राजकुमार फुयाल, खगप्रसाद प्रसाई र माधव पोखरेलले उम्मेद्धारी दिएका छन । यसैगरि २ जना महिला सदस्यका लागि सोभा खरेल, हरिमाया राई, देविमाया न्यौपाने भण्डारी । गोमादेवि निरौलाले उम्मेद्धारी दिनुभएको छ । सुरुङ्गा खानेपानीमा ४ हजार १ सय २८ जना मतदाता रहेका छन । खानेपानीमा आगामी चैत्र १८ गते शनिवार निर्वाचन हुदै छ ।