कनकाई अनलाईन
पुर्वकै प्रसिद्ध पर्यटकिय स्थलमा मानिने जामुनखाडी सिमसारमा अव धार्मिक पर्यापर्यटनलाई समेत टेवा दिने उद्धेश्यले यहि चैत ८ गते बुधवारदेखि १६ गतेसम्म श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ ।
महायज्ञका वारेमा तयारी पुरा भएको जानकारी पत्रकार सम्मेलनको आयोजना गरि आयोजक समितिले जनाएको छ । आयोजक समितिका प्रचार प्रसार समितिका संयोजक मन नेम्बाङ्गका अनुसार नेपाल प्राकृतिक सौन्दर्यहरुमा मात्रै नभएर ऋषिमुनिहरुको समेत तपोभुमिस्थल भएकोले प्राकृतिक रुपमा देशकै सुन्दर यस जामुनखाडी सिमसारमा ९ दिनसम्म धार्मिक प्रवचनको कार्यक्रम राखिएको हो ।
सामुदायिक वनभित्र दाताहरु झापा दमकका राजेन्द्रकुमार बिष्ट लगायातको परिवारले बनाइदिएको सुन्दर पाथिभरा देविको मन्दिरमा भागवत ज्ञान महायज्ञ लगायन लागिएको हो ।
पत्रकार सम्मेलनमा ज्ञान महायज्ञका संयोजक बुद्धिमान बोहोराले पंण्डित कमलकान्त आचार्यको मुखारविन्दबाट संगितमय कथावाचन र पंण्डित गोकुल कोइरालाबाट पाठपारायण हुने बताउँनुभयो । यस महायज्ञबाट खर्च कटाएर भएको आन्दामीबाट मन्दिरलाई थप व्यावस्थित र अक्षयकोषको समेत स्थापना गरिने बोहोराले बताउँनुभयो ।
जामुनखारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामराज सिटौलाले यस महायज्ञले सिमसारमा धार्मिक पर्यटन समेत वढाउने बताउँनुभयो । दाताले ताप्लेजुङ्गको पाथिभराकै शैलीमा मन्दिर निर्माण गरिदिनुभएको र पाथिभरा जानका लागि विविध समस्याले नसक्ने र असक्तहरुका लागि पर्यटकिय क्षेत्र जामुनखाडीमै पाथिभरादेविको दर्शन गर्न पाउने छन ।