Kanakai Online

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा सचिव र एक सदस्य बाहेक अनेरास्ववियुको प्यानलै बिजयी


सोमवार, चैत ६, २०७९ |

कनकाई अनलाईन
स्ववियुको निर्वाचनमा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा सचिव र एक सदस्य पद वाहेक एमाले निकट अनेरास्ववियुको टीमनै बिजयी भएको छ ।
आज राती भएको निर्वाचनमा अखिलका चेतन आचार्य सभापतिमा निर्वाचित हुनुभयो । आचार्यले ४१४ मत ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत शेरबहादुर बानियाले बताउँनुभयो । सभातिमा आचार्य अर्का नेविसंघका उम्मेद्धार कुबेरनाथ दाहाललाई ११८ मतले पराजित गरेका हुन । यसैगरि सचिव नेविसंघका बासुदेव निरौला ३६२ मत ल्याएर निर्वाचित हुदा कोषाध्यक्षमा अखिलकै प्रिया पुरी ३५८ मतका साथ बिजयी हुनुभयो । यसैगरि सदस्यहरुमा समेत सबै पदमा मिना ढुङ्गेल ३९४ मत, राृहन कोईराला ३७५, जोमर अलि ३६६, मदन उप्रेती ३६२, प्रकाश गौतम ३५९ र मनिस हिङ्गमाङ्ग ३४७ मत बिजयी हुनुभयो । यसैगरि सदस्यमा नेविसंघका प्रविन राई ३५९ मत ल्याएर बिजयी बनेका छन ।
यसैगरि सभापतिमा नेविसंघका कुबेरनाथ दाहालले २९६ मत ल्याएका छन । यसैगरि स्वतन्त्र उठेका डिल्लीराम खरेल महेसले ६५ मत मात्रै ल्याएका छन ।
यसैगरि सचिवमा अनेरास्ववियुका मौसम अधिकारीले ३१६ मत ल्याएर पराजित बने । यसैगरि सचिवमा संघिय विद्यार्थी युनियानका प्रतिमान शेर्पाले ८४ मत ल्याएका छन । यसैगरी कोषाध्यक्षमा पराजित नेविसघकी रेसिका उप्रेतीले २३९ मत ल्याउदा अर्का स्वतन्त्र उम्मेद्धार प्रतिक ढकालले
यसैगरि सचिवमा अनेरास्ववियुका मौसम अधिकारीले ३१६ मत ल्याएर पराजित बने । यसैगरि सचिवमा संघिय विद्यार्थी युनियानका प्रतिमान शेर्पाले ८४ मत ल्याएका छन । यसैगरी कोषाध्यक्षमा पराजित नेविसघकी रेसिका उप्रेतीले २३९ मत ल्याउदा अर्का स्वतन्त्र उम्मेद्धार प्रतिक ढकालले १५२ मत ल्याएका छन । यसैगरि अन्य पराजित उम्मेद्धारहरु सदस्यहरुमा नेविसंघका सरिफ अलिले ३२९ मत,नविनकुमार तातिको ३३२, अभिषेक मैनालीको ३२६, मिना रेग्मी ३४० मत, अस्मिता सापकोटा ३३५ मत ल्याएर पराजित हुनुभयो । यसैगरि पराजित संघिय विद्यार्थी युनियानबाट कोपिला चेम्जोङ्गको ५९ मत, योमन थेबेको १६५ मत, मनिका सुनुवारको ५३ मत, सिता मर्डीको ६० मत, अदिति लिम्बुको ७४ मत र मनिता अधिकारीको ६७ मत ल्याएर पराजित बनेको निर्वाचन अधिकृत बानियाले बताउँनुभयो । कुल १३७१ मतमा ८३२ मत खसेको थियो । यसैगरि समानुपातिकमा समेत अनेरास्ववियुको ३८५ मत र नेविसंघको ३७४ र संघिय विद्यार्थी युनियानको ५९ मत प्राप्त गर्दा बदर १० मत भएको छ ।