कनकाई अनलाईन
हल्दिबारी–४ मा रहेको पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको भोलि हुने निर्वाचनको सबै तयारी पूरास्
पाथिभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा २१ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गरेका छन् ।
अध्यक्षमा २ जना उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह सचिवमा २ जनाले उम्मेद्धारी दर्ता गरेका छन । त्यसै गरि ३ वटा क्षेत्र विभाजन गरि उम्मेद्धार दर्ता गरेको मा एक नं। क्षेत्रबाट ३ पुरुष २ महिला, २ नं। क्षेत्रबाट २ पुरुष २ महिला, ३ नं। क्षेत्रबाट २ महिला उम्मेद्धारी दर्ता भएको निर्वाच समितिका संम्योजक योगेश कार्कीले जानकारी दिएका छन।
बन नियम अनुसार उपाध्यक्ष, कोषाध्यक्ष र प्रत्येक क्षेत्रबाट एक एक जना महिला लाई अनिवार्य गरिए अनुसार राधाकुमारी गेलाल र शर्मिला लामिछानेले उपाध्यक्षमा उम्मेद्धारी दिएका छन । त्यसै गरी कोषाध्यक्षमा मञ्जु देवी सुवेदी दाहाल र मनिता अधिकारी गौतमले उम्मेद्धारी दर्ता गरेको निर्वाचन समितिका सदस्य जय प्रकाश दाहालले जानकारी दिएका छन्। अध्यक्ष पदको लागि भने केदार प्रसाद उप्रेती र सागर पोर्तेलले उम्मेद्धारी दर्ता गराएका छन । त्यस्तै सचिवकोलागी कुमारी दाहाल मैनाली, सालीग्राम पराजुलीले उम्मेद्धारी दिएका छन् । त्यसै गरि सह सचिवमा जीवन कुमार दाहाल, र भरत ढकालले उम्मेद्धारी दिएका छन् ।
सदस्यहरुमा क्षेत्र नं १ बाट ओमकृष्ण पौडेल, नविन निरौला, मुनिराम खरेल, सिता अधिकारी खनाल र सपना लिम्बु महिला सदस्य त्यस्तै क्षेत्र नं २ बाट , दिल कुमार राजवंशी, दिलिप कुमार शाह, कुमारी प्रसाइ र दिपा खनाल घिमिरे महिला सदस्य उम्मेद्धारी दर्ता गरेका छन् भने क्षेत्र नं ३ बाट ,तारादेवी ओली र सृजना पराजुली ले महिला सदस्यमा उम्मेद्धारी दर्ता गरेको निर्वाचन समिति सदस्य जयप्रसाद दाहालले बताए ।