कनकाई अनलाईन
नेपाल ग्रिल तथा स्टील व्यावसायी महासंघ झापको अध्यक्षमा तेजेन्द्रकुमार उप्रेती सर्वसम्मत नेतृत्वमा चयन हुनुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित महासंघको १२ औ वार्षिक साधारणसभा एवम चौथौ अधिवेशनबाट उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा खगेन्द्र प्रसाई, वरिष्ठ उपाध्यक्षमा केवल कटुवाल, उपाध्यक्षमा एकराज भट्टराई, छत्रबहादुर खडका, महासचिवमा लक्ष्मी गौतम, सचिवमा मेदनीप्रसाद प्रसाई, कोषाध्यक्षमा माधवप्रसाद खतिवडा र सदस्यहरुमा लक्ष्मी मण्डल, भोलानाथ कडरिया, पुष्प थापा, प्रकाश आचार्य, विकास गौतम, डम्बर बस्नेत र नगेन्द्र खाती रहनुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित महासंघको अधिवेशनको उदघाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रामहतरा प्रसाईले गर्नुभएको थियो । झापामा ३५० भन्दा वढी व्यावसायीहरु यस ग्रिल तथा स्टील व्यावसायी महासंंघ झापामा आवद्ध भइसकेको तथा धेरैजना युवालाई यसै पेशाको तालिम दिएर वैदेशिक रोजगारीमा समेत पठाईसकिएको कार्यक्रममा जानकारी गराईएको थियो । हरेक उद्योगमा कम्तीमा ४ देखि २५ जनासम्मलाई उद्योगमा रोजगारी दिइरहेको समेत अधिवेशनमा जानकारी गराइएको थियो । कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष इश्वरबहादुर खडका, उद्योग वाणिज्य महासंघ विर्तामोडमा महासचिव अर्जुन मैनाली, सफल ग्रिल व्यावसायी तथा लायन्स क्लवका लीलाप्रसाद चिमरिया, महासंघका केन्द्रिय सदस्य अर्जुन बोहोरा लगायातले शुभकामना राख्नुभएको थियो ।