कनकाई अनलाईन
भद्रपुर । दमकमा संचालित डेल्फी स्कीन केयरले आफ्नो व्यवसाय विस्तार गर्दै विर्तामोडमा पनि क्लिनिक खोलेको छ । बिर्तामोड स्थित खड्का कम्प्लेक्समा डेल्फि स्किन क्लिनिक आइतबार देखि सञ्चालनमा आएको हो ।
क्लिनिकको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँले गर्नुभएको थियो ।साताको एक दिन हरेक आइतबार डाक्टर रिती आचार्यले सेवा दिने गरि बिर्तामोडमा क्लिनिक सुरु गरिएको र सेवाग्राहीको चाप बढ्दै गए विशेषज्ञ डाक्टरको दैनिक सेवा उपलब्ध गराउने अध्यक्ष प्रकाश बुढाथोकीले बताउनुभयो ।
दमकमा विगत ८ वर्ष देखि डेल्फि स्किन केयर हस्पिटल सञ्चालनमा रहेको छ । पूर्वका बिरामीहरूलाई सहजता प्रदान गर्न बिर्तामोडमा उक्त हस्पिटल अन्तरगतको क्लिनिक बिर्तामोडमा सुरु गरिएको व्यवस्थापक मीना ढुङ्गानाले जानकारी दिनुभयो ।
क्लिनिकमा ओपीडी सेवा अन्तरगत छाला रोग, छालाको अप्रेसन र अनुहार तथा सौन्दर्य सम्बन्धी उपचार तथा परामर्श प्रदान गरिने डाक्टर रिती आचार्यको भनाइ छ ।
बिर्तामोडमा धेरै अस्पतालहरू रहेपनि छाला सम्बन्धी छुट्टै विभाग नभएको र अब यस क्लिनकबाट सहज रुपमा छालाका रोगीहरूले सेवा प्राप्त गर्न सक्ने भएका छन्