कनकाई अनलाईन
बन्द निषेधित नगरि कनकाईको सुरुङ्गामा निजि बिद्यालयहरु बन्द गरेर बन्द आव्हानकर्तालाई मद्धत गरेका भन्दै यहाँ संचालित निजि विद्यालयहरुप्रति कनकाई नगर बाल संञ्जालले आपत्ति जनाएको छ ।
आज कनकाईका सबै पसल र सरकारी विद्यालय लगायात सबै खुल्ला भएपनि यहाँका निजि विद्यालयहरु भने बन्दकर्ताहरुको आव्हानलाई पालना गर्दै बन्द गरेका थिए । सुरुङ्गा देशकै कहिल्यै बन्द नहुने शहर भनेर विश्वमै प्रख्यात भएपनि निजि विद्यालयहरुले भने स्कुल बन्द गरेर सुरुङ्गाको गरिमालाई ध्वजी उडाएको भन्दै यहाँका सचेत नागरिकले विरोध जनाउदै आएका छन । यसैविच कनकाई नगर बाल संञ्जालका अध्यक्ष अभिषेक मिश्रले समेत एक विज्ञप्ति जारी गर्दै विद्यालय शान्ति क्षेत्र भएको र पढन लेख्न पाउनु बालवालिकाको अधिकार भएको भन्दै बन्द निषेधित नगरिमा समेत निजि विद्यालयहरुले स्कुल बन्द गरेर बन्द निषेधित नगरिमा स्कुल बन्द नर्गन सबै विद्यालयसग माग गरेका छन ।
स्मरण रहोस यस क्षेत्रका स्कुल कलेज र बजार बन्दका बेला संञ्चालनका लागि हालसम्म कुनै पक्षबाट बन्दका वेला अवरोध वा सुचना भएको पाइएको छैन । तर निजि विद्यालयका संञ्चालकहरुले आफुखुसी विद्यालय बन्द गर्ने गरेको पाइएको छ । यस कार्यको चोतर्फी बिरोध समेत हुन थालेको छ ।