कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा नेविसंघ अखिल क्रान्तिकारी र राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगठन बिच चुनावी तालमेल बनेको छ ।
यसैविच कनकाई बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ १० जनाको निर्वाचनमा तीन प्यानलको ३० जनाको उम्मेद्धारी परेको छ । नेविसंघ, अखिल क्रान्तिकारी र राप्रवि संगठनको तर्फबाट सभापतिमा नेविसंघका कुवेरनाथ दाहाल सचिवमा बासुदेव निरौला र कोषाध्यक्षमा रेसिका उप्रेती यसैगरि सदस्यहरुमा सरिफ अलि, प्रविन राई, नविनकुमार ताती, अविशेख मैनाली, विना रेग्मी, बन्दना गौतम र अस्मिता सापकोटाले उम्मेद्धारी दर्ता गराएका छन ।
यसैगरि एमाले निकट अखिलको तर्फबाट सिंगल प्यानल बनाएर निर्वाचनमा होमिएको छ । जसमा सभापतिमा चेतन आचार्य, सचिवमा मौसम अधिकारी, कोषाध्यमा प्रिया पुरी रहेकी छिन भने सदस्यहरुमा निकिता कार्की, मिना ढुङ्गेल, रोहन कोइराला, जोमर अलि, मनिस दर्जी, मदन उप्रेती र प्रकाश गौतम रहेका छन । यसैगरि स्वतन्त्रबाट सभापतिमा डिल्लीराम खरेल, कोषाध्यक्षमा प्रतिक ढकालले उम्मेद्धारी दिएका छन । यसैगरि संघिय विद्यार्थी युनियान सभापतिमा खाली छाडेर सचिवमा प्रतिमान शेर्पा सदस्यहरुमा कोपिला चेम्जोङ्ग, योमन थेबे, मनिका सुनुवार, सीता मर्डी, आदिती लिम्बु, मनिता अधिकारी र शिल्पा बस्नेत रहेका छन ।
१९ सदस्यीय स्ववियु निर्वाचनमा बाकी ९ जना भने समानुपातिकबाट छनौट हुने छन । कुल १५ सय विद्यार्थी अध्यानरत् रहेको यस क्याम्पस झापा क्षेत्र नम्बर ४ को एकमात्रै स्ववियु निर्वाचन हुने क्याम्पस भएकोले समेत यस क्षेत्रका दलले आफ्नो मिनि जनमत संग्रहको रुपमा लिएका छन । २० बर्षपहिलेदेखि यस क्याम्पसमा हालसम्म पनि स्ववियु निर्वाचन हुन सकेको छैन । यसपटक भने क्याम्पसलाई जसरी भएपनि निर्वाचन गराउनै पर्ने नैतिक बाध्यता रहेको छ । अघिल्ला स्ववियु निर्वाचन भन्दा यसबर्षको स्ववियु निर्वाचनमा क्याम्पस प्रशासन र विद्यार्थीहरुको मनोभावना उच्च रहेका कारण निर्वाचन हुनेमा ढुक्क हुन कनकाई बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत शेरबहादुर बानियाले कनकाई अनलाईनलाई बताउँनुभयो ।