कनकाई अनलाईन
काठमाडौं – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज युनाइटेड अरव इमिरेट्स ९युएई० सँग खेल्दैछ । खेल बिहान ९ स् ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ।
घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।
नेपालले यदि युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै दुई खेल अगावै ओडिआई मान्यता पक्का गर्ने हुनेछ ।
यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ । युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ । नेपालसँग पराजित हुँदा ओडिआई बचाउन युएईले बाँकी दुई खेलमा अप्रत्याशित फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।
यता नेपालले पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेको छ । पछिल्ला पाँच घरेलु मैदानमा नेपाल पराजित भएको छैन । उता युएईले पछिल्ला १० खेलमा २ मा मात्रै जित हात पारेको छ । नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । युएई भने शीर्ष तीन दौडबाट बाहिरिएको छ ।
नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । युएई पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको थियो । नेपालका ओपनर आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेल र आसिफले पहिलो विकेटका १ सय १० रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
नेपालसँग टोलीमा भएका सबै खेलाडी ब्याटिङको राम्रो क्षमता राख्छन् । नेपालको ब्याटिङमा गहिराई छ । उता युएई शीर्षक्रममा निर्भर छ । नेपालका ओपनर कुशल भुर्तेल र युएईका मोहम्मद वासिम आक्रामक ब्याटिङका लागि चिनिन्छन् । नेपाल र युएईका दुवै आसिफ शेख र आसिफ खानको भूमिका इनिङलाई अघि बढाउने हुनेछ ।
युएईका आर्यन लाक्राले पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका छन् । रोहन मुस्तफा र वृत्य अरविन्द मध्यक्रमका ब्याटर हुन् । नेपालका रोेहित पौडेल, कुशल मल्ल र भीम सार्कीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेख तल्लोक्रमका ब्याटर हुन् । नेपाल तीन प्रमुख बलरका साथ मैदान उत्रनेछ । नेपालले युएईको मध्यक्रम र तल्लोक्रमको फाइदा उठाउन सक्नुपर्छ ।
नेपालको टोलीमा परिवर्तन गर्नसक्ने नाम ज्ञानेन्द्र मल्ल हुन् । तर नेपालले ज्ञानेन्द्रलाई निरन्तरता दिने देखिन्छ । युएईले मध्यक्रम मजबुत बनाउन जवार फरिदको स्थानमा आर्यंश शर्मालाई डेब्यू दिनसक्छ ।
युएईले पछिल्ला खेलहरुमा लक्ष्य पछ्याउन संघर्ष गर्दै आएको छ । त्यसैले नेपालले पहिला ब्याटिङ गर्दै बोर्डमा राम्रो रन जोड्दा दबाबमा राख्न सक्छ । पछिल्ला १० खेल मध्य ७ खेल हार्दा ५ खेल युएईले लक्ष्य पछ्याउँदा रहेको छ ।
हेड टु हेड
नेपाल र युएईबीच ११ ओडिआई खेल भएको छ । जसमा नेपाल ५ खेलमा जित र ६ खेलमा पराजित भएको छ । नेपालले लिग २ मा युएईसँग चार खेल खेल्दा एक खेलमा मात्रै हराएको छ । पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा हराएको छ ।
मौसम
काठमाडौंमा शनिबार हल्का वर्षा भएको थियो । मौसम पूर्वअनुमानका अनुसार आज वर्षाको सम्भावना छैन । आजको न्यूनतम तापक्रम १२ र उच्चतम २३ डिग्री सेल्सियस छ । विहान ११ स् ४५ देखि ३स् ४५ सम्म मात्रै ६ प्रतिशत वर्षाको सम्भावना छ । जसले गर्दा वर्षाको सम्भावना देखिदैन ।
लाइभ तथा टिकट
नेपालमा लाइभ कान्तिपुर टिभीबाट हेर्न सकिन्छ । विदेशमा आइसिसी टिभी र फ्यान कोर्डबाट हेर्न सकिनेछ । टिकट मूल्य १ सय ५० रुपैयाँ छ ।
युएईको टोली
मोहम्मद वासिम ९कप्तान०, आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।
नेपालको टोली
रोहित पौडेल ९कप्तान० दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि।सी। ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।