शरणामती।झापा झापा गाउँपालिका वडा नम्बर १ स्थित सालमारा सोह्रखुट्टेबाट अवैधरुपमा भारत देखि नेपाल तर्फ ल्याउँदै गरेको १८ थान प्लास्टिक डाइनिङ टेवल प्रहरीले बरामद गरेको छ।
बुधबार राती अन्दाजी १०.३० बजे सशस्त्र प्रहरी टाघनडुब्बा बिओपीको टोली र इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले संयुक्तरुपमा सो परिणामको टेवल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
अन्दाजी ५४ हजार रुपैयाँको उक्त डाइनिङ टेवल आवश्यक कारबाहीका लागी भन्सार कार्यालय बुझाउने तयारी भइरहेको बताइएको छ।