कनकाई अनलाईन
झापाको बाह्रदशी गाउँपालिका ५ घोडामारा स्थित कन्चनज्योती अंग्रेजी माध्यमिक विद्यालयको बार्षिक खेलकुद र विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले सो अवसरमा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरुका लागि वेलुन ब्लाष्ट, चम्चा दौड, चकलेट दौड, फुटबल, भलिवल, रिलेदौड, कबड्डी, विभिन्न दुरीका दौड, एथेलेक्ट्रिसका बिजयी बिद्यार्थीहरुलाई शिल्ड र प्रमाणपत्र बितरण गरिएको थियो ।
यसैगरि विद्यालयमा आयोजित अभिभावकहरुका लागि समेत हण्डी फुटाउने लगायातका प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
विद्यालयले आइतवारनै विद्यालयको चौथो त्रैमासिक परिक्षाको परिक्षाफल समेत प्रकाशन गरिएको थियो । परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । उत्कृष्ट खेलाडी र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालय अभिभावक संघकी अध्यक्ष कोपिला पौड्याल, पिन्सिपल निमेश ढुङ्गेल, विद्यालयकी इन्चार्ज रोश्नी ढुङ्गेल, महिला नेतृ सिता श्रेष्ठ मेचे लगायातले पुरस्कार बितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका पिन्सिपल निमेश ढुङ्गेलले विद्यार्थीका लागि विद्यालयले पाठ्यपुस्तकको साथमा अन्य अतिरिक्त क्रियाकलापका माध्यमबाट समेत युग सुहाउदो शिक्षा प्रदान गरिरहेको बताउँनुभयो ।
अवका दिनमा विद्यार्थीहरुले खेलका माध्यमबाट समेत राम्रो जिविको पार्जन गर्न सक्ने अवस्थाको श्रृजना भइसकेको भन्दै यसका लागि विद्यालयले विद्यार्थीलाई सानै कक्षादेखि तयार गरिरहेको पिन्सिपल ढुङ्गेलले बताउँनुभयो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक यादव पौड्यालले गर्नुभएको थियो ।
झापाको दक्षिणी भेगमा स्थानीय शिक्षासेवीहरुको संग्लनतामा २०५६ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा नर्सरी देखि १० सम्म ५०० सय विद्यार्थी अध्यानरत रहेका छन् ।