समिर आलम
झापाको कनकाई नगरपालिकामा १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजना र कनकाई नगर खेलकुद विकास समितिको समन्वयमा कनकाई नगरपालिकाका विभिन्न विद्यालय तथा खेल मैदानमा जारी प्रतियोगिताको उदघाटन झापा क्षेत्रनम्बर ४ का सांसद एलपीसाँबा लिम्बु र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो । उदघाटन खेल भने कनकाई माविमा भएको हो ।
झापाका विभिन्न १५ पालिकाबाट छनौट भएका बिद्यालय स्तरका १८ बर्ष मुनिका बिद्यार्थीहरुको प्रतिस्पर्धामा सहभागि भएका छन । प्रतियोगीतामा भलिबल , कबड्डी , एथलेटिक्स र मार्शल आटर्स गरि ४ समुहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्यक पालिकाका ९२ खेलाडिको प्रतियोगितामा सहभागिता रहने र जम्मा १३ सय ८० खेलाडिहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताउँनुभयो ।
जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम इभेन्टमा प्रथम हुने टिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने र प्रदेश बाट प्रथम हुने खेलाडीलाई यहि चैत्रमा आयोजना हुने राष्ट्रपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जानकारी गराइएको छ । शुक्रवार सुरु भएको प्रतियोगितामा १५ सय मिटर छात्रको दौडमा हल्दिवारी गाउँपालिकाका प्रज्वल रायमाझि प्रथम, दमक नगरपालिकाका राजेश लिम्बु दोस्रो र अजुनधारा नगरपालिकाका बवि चौधरी तेस्रो हुनुभयो । यसैगरि छात्रातर्फ भद्रपुर नगरपालिकाकी सुस्मिता राई प्रथम, हल्दिवारी माविका राधन हस्ता दोस्रो र झापा गाउँपालिकाकी बिनिता मण्डल तेस्रो स्थान प्राप्त गर्नुभएको छ । यसैगरि सटपुट थ्रोमा छात्र तर्फ गौरादहका प्रथम, कमल गाउँपालिकाका दिपक राया दोस्रो र बुद्धशान्ति गाउँपालिकाका अभिषेक योगी तेस्रो हुनुभएको छ ।
उदघाटन कार्यक्रममा जिल्ला खेलकुद महासंघका जिल्ला अध्यक्ष प्रसान्त भण्डारीको स्वागत रहेको थियो भने संचालन कनकाई नगर खेलकुद महासंघकी सदस्य यदुका उप्रेतीको संचालन र तथा कनकाई नगर खेलकुद महासंघका अध्यक्ष जविन तिम्सिनाको सभापतित्वमा भएको थियो । कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, जिल्ला प्रहरी कार्यालय झापामा प्रमुख शिवराम पोखरेल लगायातको आतिथ्यता रहेको थियो ।