कनकाई अनलाईन
७ किलो जिउदो कुखुरा पक्राउ गरेर चर्चामा रहेको इलाका प्रहरी कार्यालय कुमरखोद प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको १ पिकअप भ्यान बाख्रा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल भारत सिमास्थित झापा गाउँपालिका १ लसुनाबाट बुधवार विहान १० बजेको समयमा मे १ च ४७३३ नम्बरको पिकअफ भ्यानबाट ३१ वटा बाख्राहरु सहित पिकअफमा रहेका सवारी चालक झापा गाउँपालिका ३ निवासी २६ बर्षिय सेख असरत र सोही स्थानका २९ बर्षिय रकमुदिन मियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो । बरामद वाख्राको अन्दामी मुल्य ७७ हजार ५०० र सवारीको मुल्य १० लाख ७७ हजार ५०० रहेको प्रहरी प्रवक्ताले बताउँनुभयो । बरामद बाख्रा र सवारीलाई आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय मेचीनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।