कनकाई अनलाईन
अमेरिका लगायातका तेस्रो मुलुकमा शरणार्थीका रुपमा बसोवास गर्दै आइरहेका भुटानी शरणार्थीहरुको संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड फाउण्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर छरिएर रहेका नेपाली भाषि कलाकारहरुका लागि गायन तथा नृत्यतर्फको प्रतियोगिता रियालिटि शो हुने भएको छ ।
झापाको दमकमा बुधवार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि गायन तथा नृत्य तर्फको मेरो डान्स युनिभर्स र गायन तर्फको मेरो भ्वाइस युनिभर्सका दुबै प्रतियोगिताको बिजयी हुनेले जनही प्रथम हुनेले नगद १ करोड दोस्रो हुनेले ३० लाख र तेस्रो हुनेले जनही नगद २० लाख रुपैँया प्रदान गरिने इन्ट्रा नेशनल नेपालका सचिव सुरेन शेर्माले पत्रकार सम्मेलनमा बताउँनुभयो ।
नेपाल टेलिभिजनबाट प्रशारण गरिने दुबै प्रतिस्पर्धाको नियार्णाकमा मेरो डान्समा मिथिला शर्मा, नायक दिलिप रायमाझि, शंकर बिसी, नायिका प्रियका कार्की, केकी अधिकारी र नरमान राई रहनुभएको तथा मेरो भ्वाईसको निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान र सुजता बर्मा रहनुभएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा भाग लिनका लागि फाउण्डेशनको एप्पबाट समेत फर्म भर्न सकिने र नेपालका विभिन्न स्थानहरु दमक, नेपालगञ्ज, बुटबल तथा भारतको सिलगुडी तथा अमेरिका, दुबई , थाइल्याण्ड लगायातका देशबाट अडिशन लिएर उत्कृष्ट १२० जना प्रतिस्पर्धीहरुको प्रतिस्पर्धा गराइने तथा त्यसबाट छनौट भएका उत्कृष्ट १२ लाई निर्णायक तथा दर्शकको भोटका आधारमा उत्कृष्ट छनौट गरिने निर्णायक मण्डलका शंकर विसीले पत्रकार सम्मेलनको आयोजनामा जानकारी दिनुभयो । विदेशमा रहेका नेपालीभाषी भुटानी शरणार्थीहरुले नेपाली भाषा र सस्कृतिको सम्बद्धन र संरक्षणका लागि यस अभियानकै रुपमा ठुलो धनराशीको प्रतिस्पर्धा गर्न लागिरहेको आयोजक समितिका राम बानियाले जानकारी दिनुभयो । हाल नेपाल तथा विदेशका अन्य स्थानहरुमा समेत प्रत्यक्ष अडिशनको कामहरु भईरहेको र छनौट भएकाहरुलाई दमकका ल्याएर १२० जनाको सर्टलिस्ट तयार पारिन लागेको समेत जानकारी गराइएको छ ।
आयोजक संस्थाको अध्यक्षमा अमेरिकामा बसोबास गर्ने भुटानी शरणार्थी डिल्ली अधिकारी रहनुभएको छ । नेपालीभाषी कला सस्कृतिको जर्गेनामा प्रतियोगिताले सहयोग गर्ने आयोजकको विश्वास छ । पत्रकार सम्मेलनको संचालन चर्चित उद्घोषक तथा फिल्म निर्माता राजेश घतानीले गर्नुभएको थियो ।