Kanakai Online

समान अधिकारको माग राख्दै वन समितिको साधारण सभा अवरुद्ध


बुधवार, फागुन १०, २०७९ |

प्रकाश उप्रेती
वनका उपभोक्तालाई समान ब्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर(१३ को हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छ्न् ।
वन नियमवरिपरित हातेमालो बनका उपभोक्तालाई क र ख वर्गमा राखेर बिभेद गरेको भन्दै समान अधिकारको गरेको माग राख्दै साधारण सभास्थलमै जुलुस लगाएका हुन् ।
वन समितिले उपभोक्तालाई दुई भागमा वर्गीकरण गरि काठ(दाउरा उपभोग गर्दा फरकफरक नियम लगाउदै आएको छ । काठ(दाउरा बितरण गर्दा बिभेद गर्दै बितरण गर्दैआएको छ भने, ूखू का उपभोक्ताले वनको कार्यसमितिमा उम्मेदवारी दिन नपाउने नियम लगाउदै आएको छ ।
वनका आधा सदस्यले समानताको माग राख्दै आदोलनकै समयमा वर्तमान कार्यसमितिले भने वनको साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको छ । एकातिर आफ्ना मागको सम्बोधन गर्न आग्रह गर्दै प्ले( कार्डसहितको संघर्ष समितिले नारा(जुलुसमा थियो भने अर्कोतिर साधरण सभामा वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले प्रतिवेदन वाच्न गर्दै थिए ।
यसअघि वनले चुनावी साधारण सभाको तयारी गरेको थियो । तर, राजनीतिक दल तथा सम्बन्धित सरोकारवालाले सभा स्थगित गरेर सहमति खोज्न आग्रह गरेपछि सभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पुनः साधारण सभा गर्न भन्दै वनले सोमबार उपभोक्तालाई जानकारी गराउन माइकीङ गरेको थियो । समस्या समाधान गर्न हिजो मंगलबार मेचीनगरका मेयर, उपमेयरसहित बसेको वार्तामा वनका समितिकै कारण नमिलेपछि संघर्ष समितिले सभामै बिरोध गरेको हो ।
सभा बिथोल्ने बुझेपछि वन समितिले सभास्थलमा बाक्लो प्रहरी परिचालन गरेको थियो ।
समान अधिकारको माग राख्दै संघर्ष समितिले वडा र नगरका राजनीतिक दलका प्रतिनिधि, जिल्ला वन पदाधिकारी, वडाध्यक्ष र जिल्ला डिभिजन वन कार्यालयका पदाधिकारी, प्राकृति द्वन्द रुपान्तरण केन्द्र, मेचीनगरका मेयर, उपमेयर, मेचीनगर(१३ र १४ूका वडाध्यक्षसमक्ष दर्जनौं पटक बसेको छ्लफल, वार्ता निश्कर्षबिहिन बनेको थियो ।
वार्तामा वन समितिले संघर्ष समितिको मागप्रति सुनुवाइ नगरेपछि संघर्ष समिति आन्दोलनमा उत्रेको संयोजक जिवन प्रसाईले जानकारी दिए । वनका कार्यसमितिले ब्यापक भ्रष्टाचार गरेको समेत प्रसाईको आरोप छ ।
समान अधिकारका उपभोक्तालाई वन समितिले बिभेद गरेको छ । सबै उपभोक्तालाई एउटै र समान व्यबहारको नियम नबनाएसम्म हामीले संघर्ष जारी राख्छौं संयोजक प्रसाईले भने(ू वन सबैको साझा हुनुपर्छ । सबै उपभोक्ताको हितमा हुनुपर्छ । तर, यो समिति आफुले गरेको भ्रष्टाचारलाई ढाकछोप गर्नका लागि सहमतिमा आउन चाहदैन ।ू गत २०७६ साउन ४ गतेदेखि उपभोक्ताको समान अधिकारको माग राख्दै संघर्षका कार्यक्रमअन्तर्गत शान्तिपुर्ण आन्दोलनस्वरुप आज सभास्थलमै बिरोध गरेको हो ।

सरकारको नेपाली सेनाले सुरक्षा(संरक्षण गर्दै आएको हातेमालो वन २०६४ सालमा नेपाल सरकारले जिल्ला वन कार्यालयको मातहतमा समुदायलाई संरक्षण र उपभोग गर्ने गरी हस्तान्तरण गरेको थियोे ।
८ आवधिक खण्ड रहेको हातेमालो सामुदायिक वन ३ सय ९९ दशमलव ९ हेक्टरमा फैलिएको छ भने २ हजार २ सय घरधुरी उपभोक्ता रहेका छ्न्
उपभोक्ताले प्रतिक्युट्ल काठ उपभोग गर्दा ूकू का उपभोक्ताले ११ सयमा पाउने र ूखू लाई १५ सय लिइदै आएको छ ।
सबै उपभोकाको अधिकार एउटै हुनुपर्छ, संयोजक जिवन प्रसाईले भने, उनले हातेमालो वनको क्षेत्राधिकारभित्रका साबिकको दुहागढी गाबिस क्षेत्रका सबै उपभोक्ताको अधिकार समान हुनुपर्छ ।
समितिले वनमा काठ र दाउरा बितरण गर्दा नेतृत्वले अनियमितता गरेको स्थानीयको आरोप छ । क वर्गका उपभोक्ताले वनको संरक्षण गर्ने भन्दै काठ(दाउरा चोरी गर्दा पनि अध्यक्षले सेटिङ मिलाउने, मिलमा चिरान गर्दा मिलकै मालिक र कर्मचारीसंग साठगाठ गर्ने गरेकाले अनियमितता बढेको छ भने माग गर्दा पनि काठ(दाउरा नपाएको उपभोक्ताको गुनासो छ ।