कनकाई अनलाईन
कनकाईको सुरुङ्गामा आज बुधबार प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । कृषि प्रदर्सनिका लागि सम्पुर्ण तयारी पूरा भएको जनाइएको छ।
आज बुधबार कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कृषि मेला प्रदर्सनी हुने कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । मेलामा कृषकहरुले उत्पादन गरेका तरकारी बाली , अन्य अन्न पात , उत्पादित अचार , मह गरि १७ प्रकारका सामाग्रीका साथै लोपोन्मुख कृषि औजार ९ मदानी , ढिकी ( जातो ,हलो ( जुवा लगायतका सामग्रीको पनि प्रदसनी रहने कारितास नेपालका कृषि प्राविधिक टंक प्रसाद कट्टेलले जानकारी दिनुभयो । मेलामा आई पि एम। खेती प्रवद्र्नलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिने कृषि प्राविधिक कट्टेलले जानकारी दिनुभयो । मेलामा अलग्गै २१ वटा स्टलको व्यवस्थापन गरिएको विभिन्न विधामा प्रतियोगित्मक सहित४० जना बढी लाई पुरस्कारको व्यवस्थापन गरिएको कृषि प्राविधिक कट्टेलले जानकारी दिनुभयो । मेलामा नगरका साथै जिल्ला र जिल्ला बाहिर ईलाम र मोरङका कृषक समूह , विभिन्न फर्म तथा उत्पादक अगुवा कृषकहरुको सहभागीता रहने कृषि प्राविधिक कट्टेलले जानकारी दिनुभयो । मेलामा सहभागी कृषकसमुहका लागि निशुल्क यातायात तथा स्टल उपलब्द गराएको नगर कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । यता कृषि प्रदसनी मेलालाई सफल पार्न नगरवासीलाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले आग्रह गर्नु भएको छ। नेपाल कृषि प्रदान देश भएकाले हामी आफुहरुले उत्पादन गरेका सामाग्री मेलामा प्रदर्सनिमा राखी उत्पादित सामाग्रीको प्रचारप्रसार गरि कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने भन्ने कुराको कृषि विग्यसग जानकारी लिन नगर वासीलाई नगर प्रमुख पोख्रेलले आग्रहगर्नुभयो ।
नगर प्रमुख पोख्रेलले बढीभन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको कृषि तथा पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएर लागेको स्पष्ट पार्नुभयो। प्रर्दशनीमा राखिएका कुराहरु किनबेच समेत हुने आयोजक संस्थाले जनाएको छ ।