Kanakai Online

स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरि औसधि सेवन गर्न कनकाई नगर प्रमुख पोख्रेलको आग्रह


बुधवार, फागुन १०, २०७९ |

चन्द्र बस्नेत
हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम फागुन ११ गतेपर्सि देखि सुरु हुनेभएको छ । झापा रोग देखापरेको छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यस वर्ष औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । झापा सहित १५ जिल्लाका ८५ लाख जनसङ्ख्यामा हात्तीपाइले रोग समस्याका रुपमा रहेको छ । सरकारले यस रोगलाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन लागि परेको छ।


यता सरकारी लक्ष्य पूरा गर्नका लागि औषधि सेवन कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरि तोकिएका औसधि सेवन गर्न कनकाई नगर प्रमुखराजेन्द्रकुमार पोख्रेलले नगरवासिमा आग्रह गर्नुभएको छ । उहाँले यो रोग जटिल तथा खतरापूर्ण रहेकाले मन्त्रालयले जारी गरेको मापदण्ड पालना गरि तोकिएका औसधि सेवन गर्न नगर वासिलाई आग्रह गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । यस्तै औसधि सेवन गराउन नगर वासिलाई तयारी तिव्र पारेको नगर स्वास्थ्य शाखाले जनाएको छ। आगामी फागुन ११ गतेदेखि एकै साथ सुरु हुने अभियानमा नगरले अभिमुखिकरण कार्यक्रम सन्चालन गरिरहेको छ। अहिले नगरका प्रतेक वडामा ५ देखि ७ स्थानसम्ममा अभिमुखिकरण कार्यक्रम सन्चालन भईरहेको नगर स्वस्थ्य शाखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिनुभयो। ५३ हजार ९ सय ९२ जनसंख्या रहेकोे कनकाईमा यस पटक ५१ हजार ४ सय जनालाई औसधि खुवाउनका लागि ६० जना स्वास्थ्यकर्मी र २२ जना स्वयम् सेविकालाई तयारी अवस्थामा राखिएको नगरका जनस्वास्थ्य अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यता कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले आगामी ११ गते बाट सुरु हुने औसधि सेवन कार्यक्रमका लागि खटिनुभएका ६० जना स्वास्थ्यकर्मी र २२ जना स्वयम् सेविकाहरु सबैको घर घरमा आएर औसधि खुवाउने हुनाले स्वास्थ्य मन्त्रालयले तोकिएका मानिसले हात्तीपाइले विरुद्धको औसधि खाएर सहयोगरी रोग लाग्नबाट बच्न आग्रह गर्नुभएको छ। यसैबीच, वडा न १ मा हिजो र आज २ दिन लगाएर अभिमुखिकरण तथा अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । वडाका ५ अलग( अलग स्थानमा अभिमुखिकरण तथा अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरिएको वडा न १ का वडा अध्यक्ष शुशिलकुमार पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रम कनकाई १ का वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा,संगीता लुवागुन वडाका १६ ओटै टोलका संयोजक तथा अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कसरी गर्ने , कस्ता व्यक्ति औसधि सेवन गर्न नहुने लगायतका बारेमा नगरका जनस्वास्थ्य अधिकृत अधिकारी र स्वास्थ्य शाखाकी कर्मचारी कोपिला अधिकारी दुलालले सहजकर्ताको भुमिका निभाउनु भएको वडा सदस्य वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।