Kanakai Online

झापा प्रहरीको ऐतिहासिक काम, बरामद ७ केजी अवैध कुखुरा नष्ट


मङ्गलवार, फागुन ९, २०७९ |

कनकाई अनलाईन
शरणामती(झापाको झापा गाउँपालिका(४ स्थित टाघनडुब्बा प्रहरी चौकीले भारतबाट लुकाईछिपाई अवैधरुपमा नेपाल भित्राएको अन्दाजी ७ केजी बोइलर कुखुरा नष्ट गरेको छ ।

सोमबार झापा(३ कामाटोली नजिकैबाट भारतको महामारी बस्ने १८ वर्षीय अनुहर आलमले झोलामा हालेर लुकाइछिपाई नेपाल तर्फ ल्याउदै गरेको बोइलर कुखुरा स्थानीय कुखुरापालक किसानले बरामद गरी प्रहरीलाई बुझाएका थिए ।बुझाइएको बोइलर कुखुरालाई प्रहरीले खाल्डोमा पुरेर नष्ट गरेको हो ।

भारतीय कुखुराले बजार बिगारेको नेपाल कुखुरा पालक किसानको गुनासो

नेपाल भारत सिमा क्षेत्रमा पर्ने झापा गाउँपालिकामा भारतबाट अवैधरुपमा कुखुरा भित्रीदा नेपालका कुखुरा पालक किसानलाई समस्या भएको कुखुरा पालक किसानले बताएका छन् ।भारतबाट प्रति केजी १९० रुपैयाँमा भित्रीने कुखुरा सस्तो भएपनी स्वास्थ्यमा प्रतिकुल असर पुग्ने पशु चिकित्सक बताउछन ।यता नेपालमा बोइलर कुखुरा २६० रुपैयाँ प्रतिकेजी पर्ने गरेको छ ।काटेको मासु ४०० रुपयाँमा बेचिदै आएको नेपालमा भारतबाट अवैधरुपमा आएको कुखुराको मासु ३५० रुपैयाँमै पाइने गरेको स्थानीयको भनाइ छ ।भारतीय कुखुराले स्थानीय बजार ओगटेपछी नेपाली कुखुरा पालक किसान मारमा परेको स्थानीय झापा (६ का कुखुरा पालक किसान खेम राइले बताए ।

यता झापा (६ कै अर्का कुखुरा पालक किसान मेघराज राइको भनाइ पनि उस्तै छ ।बैदेशिक रोजगार त्यागेर नेपालमै केही गरौ भन्ने सोचमा करोडको लगानीमा कुखुरा पालन व्यवसाय थालेका मेघराज यती खेर निरास छन् ।आफ्नो लगानी समेत जोखिममा भएपछी चिन्तित छन् ।अलिअली भएको बजार पनी भारतले ओगटेपछी नेपालका किसान विदेश नजानुको विकल्प छैन भन्दै उनले गुनासो पोखे ।

भारतीय अवैध र स्वास्थ्यमा प्रतिकुल असर पुग्ने कुखुराको आयातलाई रोक्न प्रहरी प्रसाशनले उचित कदम चाल्नु पर्ने स्थानीयले माग गरेका छन् ।