कनकाई अनलाईन
नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुरी २० देखि २४ तारिख सम्म हुने गल्फ फुड एक्जिवेशनमा सहभागि हुन महासंघको केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको हो ।
नेपाल सरकार व्यापार तथा निकासी प्रबद्धन केन्द्रको सहजिकरणमा हुन गइरहेको मेलामा नेपाली कृषि जन्य बस्तु अलैंची, चिया अदुवा लगायतको पनि स्टल रहने महासंघले जनाएको छ ।
बिगत केहि बर्षदेखि नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र व्यापार बिस्तारमा समेत ठुलो टेवा पुग्ने अपेक्षा सहित महासंघको टोलि युएइ गएको महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
नेपाली अलैंचीको मूख्य बजार दुवई भएकाले आफ्नो पहिचान स्थापित हुनेमा आफुहरु आशावादी रहेको पनि उनले बताए ।
टोलीमा अध्यक्ष भट्टराई सहित महासंघको सल्लाहकार भरत चौधरी, महासंघको कार्य समिति सदस्य तथा व्यवसायीहरु सञ्जिव घिमिरे र बिरोध सुवेदी सहभागी रहेको महासंघका कार्यालय प्रमुख अनिल ढुङगानाले जानकारी दिए ।