कनकाई अनलाईन
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान विरोधीलाई परास्त गर्दै संघियता देशको आवश्यकता हो भन्ने आवाश दिलाउने गरि सांसदमा भुमिका खेल्ने प्रतिवद्धता जनाउँनुभएको छ ।
संविधानसभा सभामुख र उपसभामुखमा बिजयी हुने घिमिरे र इन्दिरा राना मगललाई बिजेतापछि स्थानीयवाशीका तर्फबाट बिर्तामोडमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सांसदमा हालको प्रतिकुलताको बाबजुत देश र सांसदलाई नेपाली जनताको पक्षमा काम गर्ने थलोका रुपमा सांसदलाई बिकास गर्नका लागि आफ्नो भुमिका रहने समेत बताउँनुभयो । सांसदमा सभामुख र उपसभामुख एउटै पालिकाको निर्वाचित भएको भन्दै स्थानीयको साथ सहयोग र आर्शिवादका कारण देशको प्रतिकुलता चिर्नका लागि मद्धत मिल्ने घिमिरेले बताउँनुभयो ।
सरकारमा बसेर सरकारकै विरोध गर्ने दल र सरकार बाहिर बसेरपनि सरकारलाई समर्थन गर्ने दलहरुका आफ्नै समस्या भएको भन्दै अघिल्ला सरकारका पालादेखिका विधेयकका चाङ्गहरु थाती रहेको भन्दै आफु सांसदलाई चलायामान बनाउनका लागि आफ्नो भुमिका कुशल अम्पायारको रुपमा रहने समेत घिमिरेले बताउँनुभयो । देशको आर्थिक स्थिति जर्जर अवस्थामा रहेको वेला देशका तमाम समस्यालाईको निकास निकाल्ने थलोका रुपमा सांसदलाई विकास गर्नका लागि आफ्नो भुमिका रहने समेत सभामुख घिमिरेको भनाई थियो ।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले आफुले समेत सभामुख समेतको समन्वयमा देशका तमाम वाललालिका, जेष्ठ नागरिक महिलाका समस्याहरुका वारेमा आफुले सांसदमा सशक्त भुमिका रहने बताउँनुभयो । आफु सामाजिक अभियान्ताकै रुपमा रहेको भएपनि देशको जर्जर अवस्था र वेथितिलाई चिर्नका लागि राजनितिमा आएको रानामगरको भनाई थियो । जनताको सासद जनताप्रति बफादार र मर्यादित हुनुपर्ने भन्दै यसका लागि आफ्नो भुमिका रहने समेत रानामगलको भनाई थियो । आफु झापाली भएपनि देशका सबै क्षेत्र भुगोल र लिङ्गको साझा भएर काम गर्ने भन्दै राजनैतिक नियुक्तिमा राजनैतिक भागवण्डाका आधारमा नभएर योग्य मानिसलाई योग्य स्थानमा नियुक्ति दिनका लागि आफ्नो पहरेदारी रहने समेत उपसभामुख रानामगरको भनाई थियो ।
कार्यत्र mममा बिर्तामोड नगरपालिकी नगरप्रमुख पवित्रा महतारा प्रसाई सहित, प्रदेश सभाका सदस्य एकराज कार्की स्थानीय संघ संस्थाका प्रतिनिधिले सभामुख र उपसभामुखलाई सम्मान गर्नुभएको थियो ।