कनकाई अनलाईन
सरकारका सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती जनताको आवश्यकता आधारमा परिणमुखी काम गर्नु आजको आवश्यकता भएको बताउँनुभएको छ ।
२८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शिवसताक्षीद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले अहिले जनताले काम र परिणाम खोजिरहेको बताउँनुभयो । अहिलेको सरकार अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भएपनि सरकारले जनताको काम र विकासलागि सरकारमा रहने सबैले जनउत्तरदायि भएर काम गर्नुपने बताउँनुभयो ।
जनताले सिद्धान्तको गर्जन र भाषण धेरै सुनेपनि सो अनुपातमा विकास नभएको भन्दै अव आफुहरुको विकासको उडान भरिसकेकोले पछि हटन नमिल्ने भन्दै आफु विकासको लामो गन्तव्यमा उडेको जहाजको ककपिटमा बस्ने मन्त्री भएको भन्दै विकासबाट आफु पछाडि हटनका लागि मन्त्रालय नगएको मन्त्री किरातीको भनाई थियो ।
सरकारमा सहभागि सबैले कसैको टाउको माथि समस्या देखाएर उम्किने छुट नभएको मन्त्री किरातीको भनाई थियो । आफुले पर्यटन क्षेत्रमा काम गर्ने सबै अंगहरु चलायमान बनाउन विशेष योजनाका साथ लागिपरेको किरातीको भनाई थियो ।
जनताको काम एउटै प्रणालीबाट गर्नका लागि एकिकृत कार्ययोजना बन्दै गरेको भन्दै मन्त्री किरातीले जनताले एउटा कामको लागि धेरै ठाउँ धाउनु पर्ने बाध्यता हटाउनका लागि सरकारले एकै ठाउँबाट सबैकाम गर्नका लागि वातावरण मिलाउने समेत बताउँनुभयो ।
मन्त्री किरातीले झापाका पर्यटकिय स्थलमा पर्यटक भित्राउन यहाँका होटलहरुमा पर्यटकहरुलाई थप सुविधा र सत्कार दिन अनुरोध गदै राज्यका सबै निकायहरुलाई पर्यटक भित्राउनका लागि चयालनमा बनाउने समेत बताउँनुभयो ।
कार्यक्रममा प्रदेश नं. १ का सासद राधाकृष्ण खनालले जनयुद्ध दिवसको सार्थकता जनताको काम गरेर मात्रै हुने बताउँनुभयो ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षी नगरपालिकाका झापाको चौथो ठूलो भूगोल भएकाले जनताको आवश्यताहरु धेरै रहेको भन्दै केन्द्र सरकारको ध्यान आकर्षण गराउनुभएको थियो । संघिय सरकारले स्थानीय सरकारको बजेट र अधिकार कटौटी गरिदिएको भन्दै संघियताको मर्म बुझ्न संघिय सरकारलाई नगरप्रमुख थोप्राले आग्रह गर्नुभयो । जग्गाको कित्ता काट रोकिदा आर्थिक समस्या जटिल बनेको नगरप्रमुखको भनाई थियो । बैकले व्याजदर बढाउँदै नाफा कमाउदै जानाले समेत आर्थिक क्षेत्र समस्यामा परेको थोप्राले बताउँनुभयो । आर्थिक क्षेत्र जर्जर अवस्थामा पुगेको बताउँदै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले बैँकलाई घर लिलामीको सिफारिस र नदिने समेत बताउानुभयो ।
कार्यक्रममा पूर्व कृषि मन्त्री झलकसिंह दर्लामीले यहँका विविध समस्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।