कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका स्वास्थ्य साखामा औषधि खरिद लगायातका क्षेत्रमा अनियमिकता भएको भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, सचिव गणेश सौगात कालिकोटे लगायातको टोलीले नगरपालिका प्रमुख पवित्रादेवि महतारा प्रसाईलाई ध्यानआकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिका स्वास्थ्य साखाले बिमा औषधि खरिदमा नगरपालिका आफैले औषधि खरिद गरि विरामीलाई वितरण गर्नुपर्नेमा ठेक्का प्रणालीबाट औषधि खरिद र विक्री गर्ने गरिएको ज्ञापन पत्रमा जनार्ईएको छ । औषधि खरिद गर्दा विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएकोबाट खरिद गर्नुपर्नेमा नगरपालिकाले मापदण्ड पुरा नगरी आफ्नो आफ्नो अनुकुलतामा खरिद गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । यसैगरि नगरपालिकाले स्वास्थ्य बिमा बोर्डमा गरेको सम्झौतामा कुल ११३१ प्रकारका औषधिहरु बिक्री बितरण गर्नुपर्नेमा ३०० प्रकारमा मात्रै औषधि बितरण गरेर नागरिकको स्वास्थ्यमा खेलवाड गरेको जनाईएको छ ।
नगरपालिकाले आफ्नै स्वास्थ्य संस्थाबाट औषधिको बिलिङ गर्नुपर्ने भएपनि ठेक्का लगाएर अन्य स्वास्थ्य संस्थाबाट विलिङ गर्ने गरेको माओवादी केन्द्रले ध्यानआकर्षण गराएको छ । पार्टीले स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नगरपालिका संवेदनशील नभएको आरोप लगाएको छ । यता बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महताराले ज्ञापन पत्र बुझ्दै नगरपालिकाले गलत क्रियाकलाप गर्ने मनशाय नभएको र गल्ती भएको भए सच्चाइने प्रतिवद्धता जनाउँनुभयो । स्वास्थ्य विमाको औषधि अस्पताले आफै बितरण गर्दा प्राविधिक समस्या र घाटा भएकोले समेत ठेक्कामा जान परेको नगरप्रमुख महताराको भनाई थियो ।
े