Kanakai Online

२८ औ जनयुद्ध दिवश दोमुखामा, सरकारले युद्ध पर्यटनका लागि देशभर युद्ध म्युजियाम खोल्ने पर्यटन मन्त्री किराँती


सोमवार, फागुन १, २०७९ |

कनकाई अनलाईन
सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले जनमुक्ति सेनाको ब्यारेक बसेका २८ वटा स्थानलाई युद्ध पर्यटनका रुपमा विकास गरेर लैजाने बताउँनुभएको छ ।


सोमवार २८ औ जनयुद्ध दिवशरको अवशरमा झापाको शिवसताक्षी नगरपालिकास्थित दोमुखामा पुर्वी जनमुक्ति सेनाको सास्कृतिक कार्यक्रममा बोल्दै सस्कृति मन्त्री किराँतीले यो देशमा गणतन्त्र ल्याउनका लागि जनमुक्ति सेनाले खेलेको भुमिका र छाडेको छापलाई विश्वसामु देखाउन र भावी पुस्तालाई हस्तानतरण गर्नका लागि समेत देशको पुर्वपश्चिम राजमार्ग केन्द्रित गरेर युद्ध पर्यटनका लागि सरकारले युद्ध म्युजियाम बनाउँने तयारी थालेको समेत जानकारी दिनुभयो ।


त्यस म्युजियामका माध्यमबाट पर्यटकहरुलाई देखाएर विदेशी मुद्रा आर्जन गर्ने आम्दामीको स्रोत बनाउँने तयारी समेत सरकारले थालेको मन्त्री किराँतीले जानकारी दिनुभयो । यसबाट सस्कृति र पर्यटनको हव बनाउँने समेत मन्त्री किरातीलेब बताउँनुभयो । यस देशमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै परम्परागत शात्रिय पर्यटनमात्रैले नेपालको पर्यटनमा विकास नगर्ने भन्दै यसका लागि नेपाली मौलिकपनको पर्यटन हुनुपर्ने र यसका लागि नेपालको प्राकृतिक सम्पदा र मानव निर्मित सम्पदाबाट निर्माण हुने सम्पदा मात्रैले देशको पर्यटन व्यावसायलाई अगाडि बढाउने बताउँनुभयो । मन्त्री किरातीले हामीले पर्यटनको विकास गर्नका लागि स्थानीय रैथाने स्वाद र सस्कृति विनको पर्यटनको परिकल्पना गर्न नसकिने भन्दै नेपालमा पर्यटन अर्थतन्त्रको मुख्य खम्बा भएको भएपनि रैथाने स्वाद र मौलिकताको संरक्षण नगरिकन यसले पर्यटनको दिगो विकासमा टेवा नदिने बताउँनुभयो । यता पर्यटन मन्त्री किरातीले देशमा जनमुक्ति सेनाले रगत नबगाएको भए अझैपनि जनताहरु रैतिकै रुपमा रहने भन्दै जनमुक्ति सेनाले देशको परिवर्तनमा खेलेको भुमिकालाई कम आक्न नहुने बताउँनुभयो ।


कार्यक्रममा प्रदेश सरकारका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, प्रदेश सांसद गिता तिम्सिना, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ्ग मिक्सो लगायातले देशको परिवर्तनका लागि जनमुक्ति सेनाको भुमिकाकै कारण देशमा गणतन्त्र लगायातका परिवर्तन सम्भव भएको बताउँनुभयो ।
कार्यक्रममा लोकगायक सम्भु राई, जनसास्कृतिक प्रदिप देवान, आधुनिक देवान, बालकृष्ण गजमेर लगायातले जनवादी गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जनवादी गायक देवानले आफ्ना चर्चित गितहरु अरुण तरेर नाना तमोर तरेरका साथमा सम्भु राईले चलेछ बतास सुस्तरी लगायातका कालजयी गितहरु प्रस्तुत गर्नुभएको थियो ।
जनयुद्ध दिवशका अवशरमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको खुसीयालीमा जनमुक्ति सेना प्रदेश नम्बर एकको आयोजनामा उक्त सास्कृतिक सहितको पुर्नमिलन कार्यक्रमको आयोजना गरिएको हो ।
फोटो ः सस्कृति मन्त्री किराती सास्कृतिक कार्यक्रममा गायक सम्भु राईको गितमा नाच्दै र कार्यक्रममा बोल्दै मन्त्री किराती