Kanakai Online

सरकारी तथा संस्थागत एसोशिएसन चालक संघको अध्यक्षमा नेपाल


सोमवार, फागुन १, २०७९ |

कनकाई अनलाईन
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापाको अध्यक्षमा गणेश नेपाल सर्वसम्मत हुनु भएको छ । शनिवार बिर्तामोडमा सम्पन्न एसोसिएशनको भेलाले नेपालको अध्यक्षतामा ४ सदस्य पछि थप गर्नेगरि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सम्भु खडका, उपाध्यक्षमा पवन राजवंशी महासचिवमा भुपाल गुरुङ, सचिवमा खेमराज नेपाल सहसचिव सरोज खनाल र कोषाध्यक्षमा लीला वस्ताकोटी सहकोषाध्यक्षमा कर्णलाल शाह रहेका छन । यसैगरि सदस्यहरुमा होमनाथ भट्टराई, मुकेश गौतम, डोरबहादुर मगर, पराजय चौधरी, धनकुमार योङ्या, राजु दाहाल, ललित थापा, जोगलाल राजवंशी र मनोज मण्डल रहेका छन । बाकी ४ सदस्य पछि थप गरिने जनाइएको छ । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापा को अधिवेशन गणेश नेपालको अध्यक्षतामा सम्पन्न भएको भेलाको प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्र.न्यौपानेको रहेको थियो । कार्यक्रममा जिल्लाका १५ वटा स्थानीय तहका र अन्य सरकारी,संस्थान कार्यालयमा कार्यरत सवारी चालक कर्मचारीहरुो उपस्थिति रहेको थियो । सो अबसरमा निरन्तर ३५ बर्षबाट सवारी चालकका रुपमा जिल्ला प्रशासनमा सवारी चालक बिष्णु ठकुरीलाई दोसल्ला ओढ्याएर सम्मान गरिएको थियो ।

त्यसै गरि दमक नगरपालिकामा एम्बुलेन्स चालकका रुपमा कार्यरत महिला चालक कर्मचारी लिला बस्ताकोटि लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले राज्यको नीति नियम अनुसार दिनमिल्ने सेवा सुबिधा,आचरण,जिम्मेवारी,सुरक्षित यातायात आवागमन बारे सुझाव सहित आफ्नो धारण राख्नु भएको थियो भने महिला चालकले अबसर र चुनौती दुबै लाई हौसल्लाका साथ लिन सके हरेक कार्य सामन र आसान हुने कुरा ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको संचालन कनकाई नगरपालिकाका रोहित कोईरालाले गर्नु भएको थियो भने स्वागत मनतब्य खेमराज नेपालले गर्नु भएको थियो । भेलाले दमक नगरपालिकाबाट चालकबाट संकलित १२ हजार रकम दुर्घटनामा घाइते हुनुहुने जिल्ला निर्वाचन कार्यालयका पुर्व चालक जय चौधरीलाई सहयोग प्रदान गरिएको थियो । बिर्तामोडमा भएको अधिवेशन भेलाको निर्वाचनका लागि डिल्ली खरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो जसको सदस्यमा रोहित कोईराला र होमनाथ भट्टराई रहनुभएको थियो । निर्वाचन समितिले १५ स्थानीय तह वाट एक÷एक जना अन्य सरकारी,संस्थान बाट २ जना गरि जम्मा १७ जनाको कार्यसमिति निर्वाचित गरेको हो ।