टिकाराम वास्तोला
झापाको कनकाई नगरपालिका ६ का ६० घरपरिवारलाई अनुदानमा औषधि छिटने स्पे ट्याङ्की प्रदान गरिएको छ ।
नगरपालिकाको ६ नम्बर वार्डको ७५ प्रतिशत अनुदान र सम्बन्धित कृषकको २५ प्रतिशत लगानीमा वार्डका तरकारी कृषकका लागि उक्त स्पे ट्याङ्की आज स्थानीय गायत्री मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरिएको हो । वार्डले कृषकका लागि ट्याङ्की खरिदका लागि २ लाख रुपैँया बजेट विनियोजन गरिएको वार्डका वडाअध्यक्ष दिर्घबहादुर थापाले बताउँनुभयो ।
स्पे ट्याङ्की कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, वडाअध्यक्ष थापा लगायातले प्रदान गर्नुभयो । स्पे ट्याङ्की वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले नगरपालिकाले स्वदेश तथा विदेशबाट समेत सहयोग र प्रविधि भित्राएर नगरका कृषकहरुलाई विभिन्न मलविउ विजन र प्रविधिमा अब्बल बनाउदै लैजाने निति राखेको बताउँनुभयो । साथै कनकाई नगरपालिकाबाट चाडै देशकै ठुलो छुर्पी उद्योग स्थापना हुने भन्दै नगरभित्र उत्पादित सबै दुध छुर्पी उद्योगले खपत गर्ने समेत नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । नगरप्रमुख पोखरेलले कनकाई नगरभित्र हालसम्म कृषकले तरकारी र माछामाछु कम दाम पाएर फ्याकिएको गुनासो सुन्नु नपरेको भन्दै नगरपालिका कृषकलाई आर्गनिक बनाउनका लागि लगानी गरिरहेको बताउँनुभयो ।
ट्याङकी बितरण कार्यक्रममा नेपाली काग्रेसका गोपाल उप्रेती, एमालेका तुलाराम बस्नेत, माओवादी केन्द्रका रेवतबहादुर रेग्मी, स्वतन्त्र नागरिक समाजका मेदनी बिमली लगायातले नगरले कृषकका लागि अनुकुल बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
यसैविच कार्यक्रममा कनकाई ६ का वडाअध्यक्ष दिर्घबहादुर थापाले वार्डले आफु निर्वाचित भएदेखि गरेका कामहरुका वारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रमको स्वागत वार्ड सदस्य अर्जुन राजवंशीले गनुभएको थियो ।