कनकाई अनलाईन
प्यासन नेपालका केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाले अवको शिक्षा निति विदेशबाट नेपाल रोजगारीका लागि मानिसहरु आउनसक्ने वातावरण बन्नुपर्नेमा जोड दिनुभएको छ ।
झापाको कनकाई नगरपालिकास्थित हरिकुन नमुना माविको २८ औ बार्षिकउत्सव तथा अभिभावक दिवशलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुदै प्यासन केन्द्रिय अध्यक्ष ढुङ्गानाले छोराछोरीलाई विदेश पढन र उतै पलायान हुदा गर्ब गर्ने अभिभावकहरुका कारण देशलाई परनिर्भर बनाइरहेको भन्दै अवको २० बर्षभित्रमा स्वदेशमा विदेशीहरु भिषा लगाएर काम गर्ने वातावरणको श्रृजना गर्ने र आफु यस अभियानमा लागेको बताउँनुभयो ।
हरिकुल नमुना मावि सुरुङ्गाका संचालकहरु अमेरिका रिर्टन भएको भन्दै यसको सुरुवात झापाबाटै भएकोमा ढुङ्गानाले खुसी व्यक्त गर्नुभयो । जवसम्म विदेश पठाएका हाम्रा छोराछोरीहरु स्वदेशमा वोलाउँदैनौ तवसम्म मुलुकको निर्माण नहुने भन्दै अध्यान र रोजगारीका लागि नेपालभन्दा उत्तम मुलुक कुनै नभएको वताउँनुभयो । विश्वका कुनैपनि मुलुकमा एकजनाले काम गरेर परिवार पालिएको नपाइने भन्दै नेपाल मात्रै त्यस्तो देश हो जहाँ एकजना घरमुलीले कमाएको भरमा पुरै परिवारको पालन पोषण सम्भव भइरहेको छ भन्नुभयो । अवको दिनमा अध्यान गर्न र काम गर्न देश छाडेर विदेशी श्रम बजारमा गएका सबै युवा पुस्तालाई स्वदेशमै फर्काउने वातावरण बनाउनुपर्ने ढुङ्गानाले बताउँनुभयो ।
विद्यालयमा संस्कार सिकाउने वातावरण बनाउँनुपर्ने भन्दै आफ्ना छोराछोरीलाई आफ्नै माटोमै केहि गर्नका लागि सबैले अनुरोध गर्नुपर्नेमा ढुङ्गानाको भनाई थियो । आफ्ना छोराछोरीलाई स्कुलका विद्यार्थीहरुलाई बगैचाको फुलकाझै आफै हुर्कन दिन अनुरोध गदै वालवालिकाको आफ्नो इच्छाअनुसारको शिक्षा लिन दिन समेत ढुुङ्गानाको आग्रह थियो ।
देशमा हाल देखिएको परिदृश्य अवका बाकी दिनहरुमा राम्रो हुनका लागि देखिएको भन्दै ढुङ्गानाले अवको दुई दशकभित्र विदेशमा जाने सबै विद्यार्र्थी र काम गर्ने युवालाई स्वदेशमै काम गर्ने वातावरण बनिसक्ने भन्दै अहिलेपनि हज्जारौ युवालाई नेपालमा वोलाईरहेको बताउँनुभयो । अवको दशक नेपाल राम्रो हुने भन्दै यो अभियानमा सबैले साथ र सहयोग आवश्यक रहेको प्यासन अध्यक्षले बताउँनुभयो । देशको संस्थागत र सामुदायिक विद्यालय दुबैमा अध्यान गर्ने विद्यार्थीहरुको शैक्षिक स्तर राम्रो हुनुपर्नेमा ढुङ्गानाको जोड थियो । सरकारी र निजि विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुमा नितिगत रुपमा छात्रवृत्ति लगायातका विषयमा विभेदहरु रहेको भन्दै यो विभेद पनि केहिदिनमा हटने बताउँनुभयो । अवका दिनमा समान र प्रतिस्पर्धात्मक ढङ्गले अगाडि वढने वातावरणको श्रृजना हुने समेत ढुङ्गानाको भनाई थियो ।
निजि विद्यालयहरुले पछिल्लो ३० बर्षमा खेलेको भुमिकाले यो मुलुकलाई धेरै ठुलो लगानी गरेको भन्दै आजपनि २७ लाख विद्यार्थी निवि विद्यालयमा अध्यान गर्ने र ४ लाख जनशक्तिलाई रोजगारी दिइरहेको र १३ हजार निजि विद्यालयले सेवा दिइरहेको प्यासन अध्यक्ष ढुङ्गानाले बताउँनुभयो ।
यसैगरि कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले अवको २१ औ शताब्दीमा युग सुवाउदो शिक्षा दिन नसकेमा विद्यार्थीलाई विश्वबजारमा टिक्न र विक्न समस्या हुने भन्दै हरिकुलको युग सुवाउदो र मौलिक शिक्षामा अब्बल मानिदै आएको भन्दै प्रसंसा गर्नुभयो । कार्यक्रममा हरिकुलका अभिभावक संघका अध्यक्ष लीलाप्रसाद चिमरियाले हरिकुलले आफ्ना नानीमात्रै नभएर छिमेकी विद्यालयका नानीहरुलाई समेत सहयोग गरिरहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयकी प्रबन्ध निर्देशक डा ः गिष्मा रावल थापाले विद्यालयको भौतिक र शैक्षिक पक्षका वारेमा बोल्दै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिरहेको बताउँनुभयो । कार्यक्रममा विद्यालयका पिन्सिपल रोषन केसीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षिका राधिका ओली कड्रियाले गनुभएको कार्यक्रम शिक्षक संदिप मरासिनीले संचालन गर्नुभएको थियो ।
यसैविच हरिकुल नमुना माविको २८ औ वार्षिक उत्सव तथा अभिभावक दिवश विविध सास्कृतिक र विज्ञान सुचना प्रदर्शनीका साथमा सम्पन्न भएको छ । दुईदिनसम्म चलेको उक्त वार्षिक उत्सवमा विद्यार्थीहरुद्धारा २ दिनसम्म विज्ञान प्रदर्शनी र व्यापारिक खाद्य लगायातका सामाग्री समेतको विक्री वितरण गरिएको थियो । सो अवशरमा विद्यालयद्धारा विभिन्न कनकाई इन्टरनेशनल विल्डर्स प्रालि तथा विद्यालयद्धारा प्रदान गरिएको उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।