कनकाई अनलाईन
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन,झापा जिल्ला तेस्रो साधारणसभा तथा अधिवेशन आगामी माघ २८ गते शनिवार बिर्तामोड नगरपालिकामा हुने भएको छ ।
हालै एसोसिएशनका जिल्ला अध्यक्ष गणेश नेपालको अध्यक्षतामा बसेको बैठकले जिल्ला निर्वाचन कार्यालयका पुर्व चालक दुर्घटनामा घाइते भई ओछ्यानमा थलिएको धेरै महिना भइसकेको र आर्थिक अबस्था पनि कमजोर भएको कारण केही रकम सहयोग गर्ने निर्णय समेत गरेको छ । यसअघिपनि बिर्तामोड नपा.भद्रपुर नपा.बाट सदस्य ख्यामराज नेपाल र ललित थापा को नेतृत्वमा केही रकम संकलन गरि सहयोग गरिसकेको र थप अन्य पालिका साथीहरू बाट पनि सहयोग जुटाउने सहित बिबिध विषयमा छलफल गरी बैठक सम्पन्न भएको सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापाका सल्लहकार रोहित कोईरालाले बताउनु भयो ।
त्यसैगरी सो कार्यक्रम पछि अर्जुनधारा न.पा.का हसचा. कर्मचारी, सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापाका सदस्य मित्र कर्णलाल शाह (सन्जय) को पुजनिय पिता स्व.हरिलाल शाहको ११ औं पुन्य तिथीमा सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापा बाट समवेदना अर्पण गरीयो सो समवेदना कार्यक्रममा १५ वटै स्थानीय तहका चालक साथीहरू ,जि.स.स. र जि.प्र.का. सहित सरकारी तथा संस्थान कार्यालय बाट चालक साथीहरूको उपस्थितिमा शोक समवेदना कार्यक्रम सम्पन्न गरियो सो कार्यक्रम संचालन रोहित कोईरालाले गर्नु भएको थियो भने समवेदना बाचन राजु दाहालले गर्नु भएको थियो भने समवेदना हस्तान्तरण ललित थापाले गर्नु भएको थियो।