कनकाई अनलाईन
प्रदेश नम्बर १ का प्रदेश सरकारका मुख्यमत्री हिक्मतकुमार कार्कीले यसअघिको .प्रदेश सरकारले प्रदेश एकको नामकरण गर्न नसकेकोले प्रदेश सरकार र व्यावस्थानै आलोचित हुनुपरेको बताउँनुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारीको २५ औ स्थापना दिवशको अवशरमा आयोजित कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले प्रदेश सरकारको काम र नामको वारेमा जनगुनासो बढेको कुराप्रति प्रदेश सरकार सजग भएको बताउँनुभयो । सम्भव भए सहमतिमा नभएपनि कानुनी विधि र प्रक्रिया पुरा गरेर प्रदेशको नामकरण गरिने कार्कीको भनाई थियो । कतिपय अवस्थामा प्रदेश सरकारले समते मन्त्रालयहरु फुटाएर झ्यालैपिच्छे मन्त्रालय बनाउँदा संघियता विरोधीहरुका लागि समेत आलोचना गर्न मद्धत मिलेको भन्दै संघियता भनेको मुख्यमन्त्रीको कार्यालय मात्रै नभएकोले यसका सकारात्मक पक्षका वारेमा जनतालाई सुसुचित गर्नका लागि मिडियाको भुमिका प्रमुख रहने बताउँनुभयो ।
यसैविच यसअघिको प्रदेश सरकारले प्रदेशका पत्रकारहरुको हकहितका लागि काम गर्नका लागि मिडियाका लागि संचार प्रतिष्ठाननै निमार्ण गरिसकिएकोमा राजनैतिक परिवर्तन सगै प्रतिष्ठान खारेजी भएको भन्दै पुन कानुनी प्रक्रिया पुर्याएर प्रतिष्ठानको गठन गर्ने समेत प्रतिवद्धता जनाउँनुभएको छ ।
यसैविच कार्यक्रमका विच मुख्यमन्त्री कार्कीले प्रेस चौतारीको २५ औ स्थापना दिवशको अवशर पारेर चौतारीका जिल्लाका संस्थापक अध्य्रक्ष नेत्र पाठकलाई अभिनन्दन र अन्य अग्रज पत्रकारहरु नकुल काजी पाण्डे, गोविन्दचन्द्र छेत्री, माधव विद्रोही, केशव आचार्य र स्वर्गिय माया पकुवाललाई मरोणाप्रान्त सम्मान गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस युनियानकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली लगायातले झापाली पत्रकारिताले देशको पत्रकारितालाई दिशानिर्देश गरिरहेको बताउँनुभएको थियो ।